३० पुस २०८२, बुधबार | January 14, 2026

विशेष महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व घोषणा गरिँदै



काठमाडौँ । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषणा गरिने भएको छ ।

निर्वाचन समितिबाट अवको केहीबेरमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व घोषणा हुने कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिए ।

निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सभापतिमा गगन थापाको मात्र उम्मेदवारी परेको छ भने उपसभापतिमा फर्मल्लाह मन्सुरको मात्र उम्मेदवारी परेको छ । महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्र उम्मेदवारी परेको छ । अन्य पदाधिकारीमा पनि सहमति भइरहेको बताइएको छ ।

यता पार्टी सभापति शेरबहादुर देउवा समूहले कांग्रेसबाट गगन थापा,विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको जनाएको छ । यद्देपी शिषे महाधिवेशनबाट विघटन भएको समितिबाट गरिएको कारवाही स्वतः असान्र्भिक हुने विशेष महाधिवेशन पक्षको तर्क छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ९ : ४० बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका पुनः संशोधन, मध्यराती २ बजेबाट मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन

अझै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

विशेष महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व घोषणा गरिँदै

काठमाडौँ । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो

कांग्रेस विभाजन हुन्न : महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको