काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः संशोधन गरिएको छ । पटक पटक संशोधन गरिँदै आएकोमा बुधबार राति पुनः संशोधित कार्यतालिका प्रकाशित गरिएको हो ।
निर्वाचन समितिका अनुसार संशोधित कार्यतालिकामा राति १० बजे उम्मेदवार प्रथम नामावली प्रकाशित हुने देखि मध्यराती २ बजेबाट मतदानको समय निर्धारण गरिएको छ । कार्यतालिका अनुसार राती ११ः३५ बजे उम्मेदवारको अन्तिम नामावली प्रशाशित गरिने छ ।


















प्रतिक्रिया