२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन



तुलसीपुर । थारू समुदायले माघीको पहिलो दिन आफ्नो घरको योजना बनाउने चलन थियो । घरमा भाइहरू छुट्टिने, बिहे गर्ने उमेरका सन्तान भएमा बिहे गर्ने, वर्षभरिको घरको समीक्षा गर्ने, कमाउन कहाँ जाने, खेतीपाती कसरी गर्नेलगायत विषयमा छलफल गरेर निर्णय लिने चलन थियो ।

तर अहिले त्यो चलन हराउँदै गएको थारू अगुवा रामबहादुर दहितले बताए । “हामीले माघीलाई नयाँ वर्षका रूपमा मनाउँछौँ, पहिलो दिन माघ १ गते विगत वर्षको समीक्षा गर्ने, वर्षभरि गर्ने कामको समीक्षा गर्ने, सन्तानको विवाह गर्ने, घर निर्माण गर्नुपरेमा कसरी बनाउने, कमाउन कहाँ जाने, खेतीपाती कसरी गर्ने भनेर निर्णय गर्ने चलन थियो”, उनले भने, “तर अहिले त्यो चलन विस्तारै हराउँदै गएको छ ।”

यो थारू समुदायको संस्कारसँग जोडिनुका साथै गणप्रथाका रूपमा रहेकाले यसलाई संरक्षण गर्न आवश्यक रहेको पनि उनले बताए । माघ १ गते घरमा निर्णय गरेपछि २ गते महतवाको घरमा जम्मा भएर घरको निर्णय सुनाउने चलन हुन्छ । महतवाको घरमा वर्षभरिका कामको समीक्षा गर्ने, आगामी वर्षका लागि बिहे गर्नुपर्ने चेली भए कसरी गर्ने भन्ने सल्लाह हुने गर्छ । त्यसैगरी, २ गते नै महतवा चुन्ने पनि चलन हुन्छ । त्यसपछि ३ गतेदेखि खानपिन गर्ने, रमाइलो गर्ने चलन हुन्छ ।

यसरी माघ महिनाभर थारू समुदायले माघी पर्वका रूपमा मनाउँछन् । यो पर्व थारू समुदायको नयाँ वर्षका रूपमा रहेको पर्व हो । अहिले थारू समुदायमा नाचगान चलिरहेको छ । पाँच दिन यसरी नाचगान चल्ने गर्छ । माघीमा खासगरी मघौटा नाच नाच्ने चलन हुन्छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ८ : १० बजे

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका