२ माघ २०८२, शुक्रबार | January 16, 2026

१६५ वटै निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछन् ।

जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

जिल्ला सदरमुकाममा ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र त्यस बाहिरका ८८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको नेतृत्व जिल्ला अदालतका मुख्य न्यायाधीशले गर्नेगरी व्यवस्था गरिएको छभने ७७ जना मुख्य जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका ८८ जना द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ११ : ०१ बजे

रविका मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्चमा रिट

रवि लामिछानेविरुद्धको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय सर्वोच्चमा चुनौती काठमाडौं

निर्वाचन आयोगमा देउवापक्षीय नेताहरुद्वारा आफुहरू नै आधिकारिक भएको दाबी पेश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरुले निर्वाचन आयोगमा पुगेका

१६५ वटै निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

आज पनि सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आधिकारिकता दाबी गर्न दलबलसहित देउवापक्षीय नेताहरु निर्वाचन आयोगमा

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरु निर्वाचन आयोगमा पुगेका