२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन नेता तथा कार्यकर्तालाई कांग्रेसको आह्वान



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता, आपसी सद्भाव र सहकार्यबाटै निर्वाचन लगायतका चुनौतीहरू सामना गर्न सकिने ठहर समेत गरेको छ ।

कांग्रेसका नव नियुक्त प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले निवर्तमान सभापति शेर बहादुर देउवाले पार्टीलाई पुराएको योगदान र दिएको नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको छ । आगामी दिनमा पनि पार्टीमा निवर्तमान सभापति देउवा लगायत अग्रज नेताहरूको अभिभावकत्व रहिरहने केन्द्रीय कार्यसमिति बैठकको विश्वास रहेको प्रवक्ता चालिसेले बताए ।

उनले अव पार्टी सम्पूर्ण रूपमा निर्वाचन केन्द्रित गतिविधिमा केन्द्रित हुने भन्दै टिकट वितरणका लागि संसदीय बोर्डमार्फत काम अघि बढाउने उल्लेख गरे । चालिसेले पार्टीको विधान र संविधान अनुसार नै पार्टीले आधिकारिता प्राप्त गरेकाले भिन्न मत राख्न जरुरी नरहेको स्पष्ट पारे ।

कांग्रेसले यसअघि नै कांग्रेसले आसन्न निर्वाचनमा टिकट बाँड्न १३ सदस्यीय बोर्ड गठन गरेको छ । कांग्रेसले सभापति गगनकुमार थापाको नेतृत्वमा निर्वाचनमा टिकट व्ज्यवस्थापन र निर्वाचनको रणनीति तय गर्न उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत सदस्य रहने गरी बोर्ड गठन गरेको जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  २ : ५१ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज