४ माघ २०८२, आइतबार | January 18, 2026

टिकट नपाएपछि विष्णु रिजालको भावुक टिप्पणी – नेतृत्वको रोजाइमा तेस्रोपटक पनि पर्न नसक्नु दु:खद



दैलेख । नेकपा (एमाले)का नेता विष्णु रिजाल यस पटकको प्रतिनिधिसभा निर्वाचनमा दैलेख–२ बाट टिकट पाउने अतिविश्वासमा देखिएका थिए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसपटक पनि उम्मेदवारको रुपमा विश्वास नगरेपछि रिजाल असन्तुष्ट बनेका छन् ।

टिकट नपाएपछि रिजालले सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले दैलेख–२ बाट पार्टीका कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिश भएको, साथै जिल्ला र प्रदेश कमिटीबाट पनि पहिलो नम्बरमै सिफारिश पाएको उल्लेख गरेका छन् । यति हुँदाहुँदै पनि तेस्रो पटकसम्म नेतृत्वको रोजाइमा नपर्न नसक्नु दुःखद भएको उनको भनाइ छ ।

स्टाटसमा उनले उम्मेदवार छनोटका क्रममा आफूलाई मतदान, साथ, सहयोग, शुभेच्छा र हौसला प्रदान गर्ने सबै नेता, कार्यकर्ता तथा दैलेख–२ का बासिन्दाप्रति आभार व्यक्त गरेका छन् । साथै, फेरि पनि समर्थकको भावनालाई साकार पार्न नसकेको भन्दै उनले विनम्रतापूर्वक क्षमायाचना गरेका छन् ।

पार्टी नेतृत्वले यस पटक लक्ष्मीप्रसाद पोखरेललाई टिकट दिएकोप्रति संकेत गर्दै रिजालले व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गरेका छन् । आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि र हालै सम्पन्न पार्टी महाधिवेशनमा पराजित भए पनि नेतृत्वको रोजाइमा पर्न सक्ने पोखरेलको ‘अद्भूत क्षमता’को प्रशंसा नगरी रहन नसक्ने उनको भनाइ छ ।

रिजालले आफू स्वेच्छाले राजनीतिमा लागेको र दैलेखी जनता, देश तथा पार्टीका लागि योगदान गर्न कहिल्यै पछि नहट्ने स्पष्ट पारेका छन् । ०५३ सालमा अखिलको जिल्ला अध्यक्ष बनेयता झण्डै २९ वर्ष राजनीति गरेको उल्लेख गर्दै उनले पद नपाए पनि कम्तीमा अर्को २९ वर्ष यही क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टी विभाजन र फुटको विषयमा पनि उनले कडा टिप्पणी गरेका छन् । विगतमा पार्टी विभाजनमा लागेर एमालेविरुद्ध उम्मेदवारी दिएको र पछि पुनः एमालेमै फर्किन बाध्य भएकाहरूले आफू मात्रै पार्टी बनाउने जस्तो प्रस्तुत गर्नु हास्यास्पद भएको रिजालको आरोप छ ।

उनले लेखपढ, पार्टीका पक्षमा पैरवी, पीएचडी अध्ययन तथा देश–विदेशका मञ्चमा सहभागी हुनु र कसैसँग आर्थिक लाभका लागि हात नपसार्नु आफ्नो कमजोरी ठानिए त्यसमा केही भन्नु नरहेको उल्लेख गरेका छन् । राजनीतिक प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने प्रवृत्तिप्रति उनले तीव्र असन्तोष र घृणा व्यक्त गरेका छन् ।

टिकट नपाएपछि आएको रिजालको यो सार्वजनिक प्रतिक्रिया एमालेभित्रको उम्मेदवार छनोट प्रक्रिया र नेतृत्वको निर्णयप्रति बढ्दो असन्तुष्टिको संकेतका रुपमा हेरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ९ : ३० बजे

गगन थापा नेतृत्वलाई वैधता नदिन माग गर्दै देउवा पक्ष पुग्यो सर्वोच्च

काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष रिट निवेदन

सवारी दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

चन्द्रपुर । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा

टिकट नपाएपछि विष्णु रिजालको भावुक टिप्पणी – नेतृत्वको रोजाइमा तेस्रोपटक पनि पर्न नसक्नु दु:खद

दैलेख । नेकपा (एमाले)का नेता विष्णु रिजाल यस पटकको प्रतिनिधिसभा

पार्टी आधिकारिकताविरुद्ध देउवा समूह सर्वोच्च जाँदै, आयोगको निर्णय बदरको माग

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबी

रुपन्देही-३ बाट वासुदेव घिमिरेले पाए एमालेको टिकट

काठमाडौं । नेकपा एमालेले रुपन्देही क्षेत्र नं. ३ बाट निवर्तमान