काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रियसभाका तीन जना सांसदले पदबाट राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपाने रहेका छन् । तीनै जनाले सिंहदरबारस्थित राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई आ–आफ्नो राजीनामा बुझाएका छन् ।
श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका सांसद हुन् भने गौतम राष्ट्रपतिबाट मनोनीत नेकपाकै सांसद हुन् । यस्तै, भगवती न्यौपाने नेकपा (एमाले)की सांसद हुन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीका कारण उनीहरूले पदबाट राजीनामा दिएको जनाइएको छ । यद्यपी, उनीहरूको कार्यकाल आउँदो फागुन २० गते सकिँदै थियो ।
नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट उम्मेदवार बन्ने तयारीमा छन् । वामदेव गौतम बर्दियाबाट निर्वाचन लड्ने तयारीमा रहेका छन् । यस्तै, भगवती न्यौपाने तनहुँ–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेकी छन् ।


















प्रतिक्रिया