२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

ईरिक्सा थप्ने निर्णयविरुद्ध बुटवलमा संघर्ष समिति आन्दोलनमा उत्रिने चेतावनी



बुटवल । संयुक्त ईरिक्सा संघर्ष समिति बुटवलले बुटवल उपमहानगरपालिकाले गरेको ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको छ । समितिले बुटवलमा पत्रकार सम्मेलन गर्दै ईरिक्सा सम्बन्धी कार्यविधि विपरीत पुनः नयाँ ईरिक्सा दर्ता तथा सञ्चालनको तयारी गरिएको भन्दै त्यसविरुद्ध संघर्षमा उत्रिन बाध्य भएको जनाएको हो ।

संघर्ष समितिका अनुसार बुटवल उपमहानगरपालिकाले २०७६ सालमा ईरिक्सा सम्बन्धी कार्यविधि तयार गर्दा अधिकतम १ हजार १८ वटा ईरिक्सा सूचीकृत गर्ने व्यवस्था गरेको थियो । त्यसपछि २०७८ सालमा कार्यविधि संशोधन गर्दै थप ४२२ वटा ईरिक्सा दर्ता गरी कुल संख्या १ हजार ४४० पुर्‍याउने निर्णय भएको थियो । तर उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन नगरी उपमहानगरपालिकाले हाल पुनः ६० वटा नयाँ ईरिक्सा थप्ने निर्णय गरेपछि आफूहरू आन्दोलनमा उत्रिएको हरियाली यातायात प्रा.लि.का अध्यक्ष तथा संयुक्त ईरिक्सा संघर्ष समितिका संयोजक कृष्णप्रसाद तिवारीले बताए ।

तिवारीले दर्ता भएर नियमित कर तिरिरहेका ईरिक्सा व्यवसायी तथा श्रमिकलाई विभिन्न बहानामा दुःख दिने गरिएको तर दर्ता नभएका ईरिक्सालाई नियन्त्रण र कारबाही गर्न उपमहानगरपालिकाले आवश्यक तदारुकता नदेखाएको आरोप लगाए । उनले विगतमा भएका साझा सहमति र निर्णयलाई बेवास्ता गर्दै तीन पाङ्ग्रे सवारी साधनसम्बन्धी ऐन एकल रूपमा पारित गरिएको भन्दै सो निर्णय स्वरोजगार मजदुर तथा ईरिक्सा पेशाकर्मीको हितविपरीत रहेको दाबी गरे ।

उनले दर्ता नभएका, रुट इजाजत नलिएका तथा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका ईरिक्सालाई तत्काल सञ्चालनमा प्रतिबन्ध लगाउन उपमहानगरपालिकासँग माग गरे । साथै, हालै निर्माण गरिएको ऐनअनुसार ईरिक्सा नामसारी सवारी चालक अनुमति पत्र भएका व्यक्तिका हकमा मात्र गर्नुपर्ने, एक व्यक्ति-एक ईरिक्सा मात्र दर्ता तथा नवीकरण गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने मागसमेत समितिले अघि सारेको छ ।

संघर्ष समितिले पहिलो चरणमा उपमहानगरपालिकाको ध्यानाकर्षण गराउने कार्यक्रम गर्ने र मागहरू सुनुवाइ नभए चरणबद्ध रूपमा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ । समितिले ईरिक्सा व्यवसायी र श्रमिकको अधिकार, रोजगारी र जीविकोपार्जनको सुरक्षाका लागि संघर्ष अपरिहार्य भएको समेत स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ४ : १४ बजे

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच समसामयिक

चुनावी समीक्षा बैठकमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज

बढ्न थाल्यो तापक्रम, काठमाडौंमा २५ डिग्री पुग्दा नेपालगन्जमा ३२

काठमाडौं । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८