४ माघ २०८२, आइतबार | January 18, 2026

राजीनामा लगत्तै ‘घण्टीघर’मा बालेनले टेके पहिलो पाइला



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिए लगत्तै काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बनेका बालेन्द्र साह ‘बालेन’ रास्वपाको केन्द्रीय कार्यालय ‘घण्टीघर’ पुगेका छन् । रास्वपाले वरिष्ठ नेता घोषणा गरेपनि महानगर प्रमुखमा बहाल सहँदासम्म पार्टी कार्यालय नगएका बालेन साह राजीनामा दिएलगत्तै पहिलो पटक पार्टी कार्यालय पुगेका हुन् ।

उनलाई पार्टी कार्यालयमा स्वागत गर्न कार्यालय वरपर रास्वपा समर्थकहरूको बाक्लो भिड जम्मा भएका छन् । पार्टी कार्यालयको मुल गेटमा बालेनलाई रास्वपा सभापति रवि लामिछानेले स्वागत गरे ।

बालेनलाई राव्पाले झापा–५ बाट निर्वाचन लडाउने तयारी गरेको छ । उनी आजै जनकपुर जाने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

 

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ४ : २० बजे

प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन

धरानमा बस दुर्घटना हुँदा चारको मृत्यु, १३ जना घाइते

धरान । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना

रूरूक्षेत्र धार्मिक पर्यटकीय गन्तव्य बन्दै

गुल्मी । हिन्दू धर्मावलम्बीका लागि विशेष आस्थाको केन्द्र मानिने रूरूक्षेत्र

राजीनामा दिन आउँछु, आउँदै छु भनेका धरानका मेयर हर्क साम्पाङ कार्यालय नआएपछि…

धरान । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीस्वरूप आइतबार (माघ ४)

प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न १० हजार धरौटी

काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउन फरक