२७ असार २०८३, शनिबार | July 12, 2026

हेलिकोप्टरबाट झापा-५ का मतदान केन्द्र घुम्ने बालेनको योजना विवादमा, आयोगले रोक लगायो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले हेलिकोप्टरमार्फत झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदान केन्द्रहरू घुम्ने योजना बनाएको विषय विवादमा परेको छ ।

काठमाडौंमा मतदान गरेपछि हेलिकोप्टर चढेर झापा-५ का सबै मतदान केन्द्र अवलोकन गर्ने तयारी गरेको जानकारी सार्वजनिक भएपछि राजनीतिक वृत्तमा विरोध भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उक्त विषयमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग आपत्ति जनाएका थिए ।

मुख्यमन्त्री कार्कीले मतदानका दिन उम्मेदवारद्वारा हेलिकोप्टर प्रयोग गरी मतदान केन्द्र घुम्नु मतदातालाई प्रभावित पार्ने प्रयास हुन सक्ने भन्दै आपत्ति प्रकट गरेका थिए । अन्य उम्मेदवारहरूले पनि आयोगमा गुनासो दर्ता गराएका थिए ।

विरोधपछि बालेन सवार हेलिकोप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले हेलिकोप्टर पुनः काठमाडौं फर्किएको जानकारी दिएका छन् ।

यसबीच निर्वाचन आयोगले उक्त योजना कार्यान्वयन हुनुअघि नै रोक लगाउने तयारी गरेको जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उम्मेदवारको हेलिकोप्टर प्रयोगबारे गुनासो आएको र यस विषयमा छलफल भइरहेको बताएका छन् ।

बालेनले काठमाडौं-२ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए । उनी माउन्टेन एअरको हेलिकोप्टरमार्फत झापा जान लागेका थिए ।

झापा-५ बाट बालेनसँगै केपी शर्मा ओली, रञ्जित तामाङ र मन्धरा चिमोरिया चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आचारसंहिताको सन्दर्भमा आयोगले यस विषयमा आवश्यक निर्णय लिने जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ११ : ०३ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका