२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न १० हजार धरौटी

महिला, दलित, अल्पसंख्यक समुदायलाई छुट



काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउन फरक फरक धरौटी रकम निर्धारण गरिएको छ । आमरुपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएपनि निश्चित वर्गलाई भने फकर धरौटी रकम तोकीएको हो ।

निर्वाचन आयोगले आइतबार सूचना प्रकाशित गर्दै उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने उल्लेख गरेको छ।

आयोगले उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर समावेश गर्नु पर्ने जनाएको छ । महिला, दलित, अल्पसंख्यक समुदाय र आर्थिक रुपमा विपन्न उम्मेदवारले भने ५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने आयोगको सूचनामा उल्लेख छ । आयोगले महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुप्ले विपन्न उम्मेदवारको हकमा तोकिएको धरौटी रकममा ५० प्रतिशत छुट हुने जनाएको छ

आयोगका अनुसार आर्थिक रुपले विपन्न व्यक्तिले सम्बन्धित स्थानीय तहबाट सिफारिस ल्याउनुपर्नेछ। प्रतिनिधि सभा सदस्यका लागि माघ ६ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ४ : ५३ बजे

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा