५ माघ २०८२, सोमबार | January 19, 2026

पूर्वमन्त्री यादव एमाले प्रवेश, पर्सा-१ बाट उम्मेदवार बन्ने तयारी



काठमाडौं । पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी गएराति औपचारिक रूपमा एमालेमा समाहित भएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए । यादवसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित उनका समर्थक तथा विभिन्न तहका नेता-कार्यकर्ताहरू पनि एमाले प्रवेश गरेका छन् ।

यादव यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि ओली नेतृत्वको सरकारबाट उनी पदमुक्त भएका थिए । त्यसपछि उनले अशोक राई नेतृत्वको जसपा परित्याग गर्दै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरेका थिए ।

जसपा नेपालमा रहेर पछिल्लो समय यादव पार्टीको समन्वय समिति सदस्यको भूमिकामा सक्रिय थिए । तर प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा उनले जसपा नेपालसमेत त्याग्दै पुनः एमाले रोजेका हुन् ।

यादव पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका छन् । स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले उनलाई सो क्षेत्रबाट उम्मेदवारी दिने आश्वासनसमेत दिइसकेको बताइएको छ ।

यादवको एमाले प्रवेशलाई पर्सा क्षेत्रको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । उनको आगमनले एमालेको संगठन सुदृढ हुने र आगामी निर्वाचनमा पार्टीको प्रभाव बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : ३४ बजे

सबै उम्मेदवारको टुंगो आजै लाग्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनका लागि

टिकट बाँडफाँडमा सहमतिको खोजी : कांग्रेसका तीन समूहबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते

मेची भन्सार : छ महिनामा सात अर्ब १९ करोडको अलैंची निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक

पूर्वमन्त्री यादव एमाले प्रवेश, पर्सा-१ बाट उम्मेदवार बन्ने तयारी

काठमाडौं । पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता

एमालेको समानुपातिक बन्द सूचीमा रूपन्देहीबाट एजाज आलमको नाम समावेश

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फको बन्द सूचीमा