काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको छ ।
प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता हुने एकदिन अघि दुई पार्टीबीच एकअर्कालाई सघाउने सहमति भएको छ ।
सहमतिअुनसार क्षेत्र नं. २ मा नेकपाका उम्मेदवार ज्ञामनाथ गैरेलाई राष्ट्रिय जनमोर्चाले सघाउनेछ । यस क्षेत्रमा जनमोर्चाका उम्मेदवार हुनेछैनन ।
यसैगरी क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई नेकपाले सघाउने छ । यहाँ जनमोर्चाका कृष्ण अधिकारीले उम्मेदवारी दिँदैछन् । नेकपाले टिकट दिएका कृष्ण केसीले उम्मेदवारको टिकट पाएपनि उनले अब उम्मेदवारी दर्ता गर्नेछैनन् ।



















प्रतिक्रिया