६ माघ २०८२, मंगलबार | January 20, 2026

जोमसोमका पानीघट्ट स्तरोन्नति



मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४ जोमसोममा वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको पानीघट्टको मर्मतसम्भार तथा स्तरोन्नति गरिएको छ । यहाँका महिलाहरूको नेतृत्व विकास गर्दै आदिवासी तथा परम्परागत प्रविधिको संरक्षण गरी जलवायु समानुकूलित गराउने उद्देश्यले यहाँका जीर्ण पानीघट्ट र भौतिक संरचना पुनर्निर्माण गरिएको हो ।

क्यानेडाली सरकार (सिएफएलआई)को आर्थिक सहयोगमा अन्तरराष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल (आइसीयुएन)ले यहाँस्थित पानीघट्टको मर्मतसम्भार तथा स्तरोन्नति योजना कार्यान्वयनमा ल्याएको हो । यसका लागि घरपझोङ गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र जोमसोम महिला समूहको सहकार्यमा स्थानीय महिला समूहले परम्परागत प्रयोगविहीन पानीघट्टको मर्मतसम्भार तथा स्तरोन्नति गरेको अन्तरराष्ट्रिय प्रकृति संरक्षण कोष नेपालका कार्यक्रम निर्देशक युवराज गुरागाईँले जानकारी दिए । निर्देशक गुरागाईँका अनुसार जोमसोमका जीर्ण पानीघट्ट मर्मतसम्भार तथा स्तरोन्नतिका लागि स्थानीय महिला उपभोक्ता समितिमार्फत कार्यान्वयन हुनेगरी रु नौ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको बताए ।

सदियौँ वर्ष पहिले पुर्खाहरूले निर्माण गरेका परम्परागत पानीघट्ट यहाँको प्राचीन संस्कृति र ऐतिहासिक धरोहर भएकाले यस प्रकारका प्रविधिलाई कालान्तरसम्म जोगाएर राख्नुपर्ने जोमसोम महिला समूहकी अध्यक्ष भुवन शेरचनले बताईन । आधुनिक प्रविधि युगमा मानिसहरू छिटोछरितो रूपमा काम गर्न चाहने भए पनि यहाँको पानीघट्टको मौलिक र विशिष्ट पहिचान रहेको अध्यक्ष शेरचनले बताईन ।

समूहकी अध्यक्ष शेरचनले विकास र पूर्वाधार निर्माण ठूलो नभई संरक्षण र संवर्वद्धनको पाटो महत्त्वपूर्ण भएकाले पानीघट्टको इतिहासलाई जीवित राख्नुपर्ने आवश्यकता रहेको औँल्याईन । प्रयोगविहीन अवस्थाका पानीघट्ट मर्मत तथा स्तरोन्नतिले जोमसोमका करिब दुई सय घरपरिवार प्रत्यक्ष लाभान्वित हुने घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थकालीले बताईन ।

तत्कालीन समयमा यहाँ विद्युतीय सुविधा र आधुनिक उपकरणको प्रयोग नहुँदा पुर्खाहरूले पानीघट्टमा अन्नबाली पिसेर खाने गरेका थिए । यहाँ दातृ निकायको सहयोगबाट जोमसोम पानीघट्टको पुरानो भौतिक संरचना पुनर्निर्माण, घट्टका लागि पानी सञ्जय गर्ने ड्याम निर्माण र घट्टका लागि चाहिने आवश्यक उपरकणको व्यवस्थापन गरिएको समिति अध्यक्ष थकालीले बताईन ।

घट्टमा पिसेको पीठो स्वादिलो, पोषिलो र लामो समयसम्म टिकाउ हुने भएकाले निकै उपयोगी मानिएको छ । घट्ट मर्मत तथा स्तरोन्नतिसँगै यहाँका नागरिकले उवा, जौँ, फापर, मकै, गहुँ र फापरको सुकेको पात ९ढाप्रा०लगायत परम्परागत बाली पिसेर पीठो बनाउन प्रचलन छ ।

पछिल्लो समय प्रविधिको विकाससँगै यहाँका पानीघट्ट लोपोन्मुख अवस्थामा रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए । मुस्ताङका अधिकांश स्थानमा पानीघट्ट संस्कृति हराउँदै गइरहेको अवस्थामा एक्यापलगायत सङ्घसंस्थाले पानीघट्ट संस्कृति जोगाउन काम गरिरहेको प्रमुख गुप्ताको भनाइ छ । घट्ट संरक्षणले स्थानीय किसानलाई राहत पुगेको र यसले संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ९ : २६ बजे

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र

ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसियो, कांग्रेसको नयाँ उम्मेदवार कुमार लुईंटेल

काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा प्रतिनिधिसभा सदस्यका लागि तय गरिएको

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् ।

नवलपुर-१ मा शशांकको यात्रामा पूर्णबिराम, कांग्रेसको टिकट गजेन्द्र आले मगरलाई

नवलपुर । नवलपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट

नेपालगन्ज-गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके । नेपालगन्ज-गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका-३ स्थित पेडारी नालामा