६ माघ २०८२, मंगलबार | January 20, 2026

कांग्रेस छाडेर एमाले प्रवेश गरे प्रमोद कुमार यादव, रुपन्देही-४ बाट उम्मेदवार बन्ने



बुटवल । नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादव नेकपा (एमाले) प्रवेश गरेका छन् । कांग्रेसले अन्तिम समयमा टिकट नदिएपछि यादव एमालेमा प्रवेश गर्दै रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।

एमाले प्रवेशपछि खबरकुरासँग कुरा गर्दै यादवले आफूलाई पार्टीभित्रै अन्याय भएको महसुस भएपछि नयाँ राजनीतिक यात्राको निर्णय गरेको बताए । कांग्रेसले अन्तिम समयमा टिकट खोसेपछि वैकल्पिक राजनीतिक बाटो रोज्न बाध्य भएको उनको भनाइ छ ।

यादव २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-४ बाट निर्वाचित सांसद हुन् । सो निर्वाचनमा उनले कांग्रेसका तर्फबाट उम्मेदवारी दिँदै जित हासिल गरेका थिए । तर २०७९ सालको निर्वाचनमा भने उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए ।

एमाले प्रवेशसँगै यादवलाई रुपन्देही-४ बाट उम्मेदवार बनाउने तयारी भएको बताइएको छ । एमालेले उनलाई स्थानीय संगठन मजबुत बनाउने र चुनावी प्रतिस्पर्धामा प्रभावकारी भूमिका खेल्ने नेताका रूपमा अघि सारेको छ ।

यादवको एमाले प्रवेशले रुपन्देही-४ को चुनावी समीकरण थप रोचक बनेको छ । कांग्रेसबाट निर्वाचित भइसकेका र स्थानीयस्तरमा पहिचान बनाइसकेका यादव एमालेको तर्फबाट मैदानमा उत्रिएपछि यस क्षेत्रको राजनीतिक प्रतिस्पर्धा कडा हुने आँकलन गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : ५४ बजे

रुपन्देही-२ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्धार पाण्डेले गरे मनोनयन दर्ता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)

बाँके-३ को निर्वाचनमा कांग्रेस र एमालेमा असन्तुष्टी चुलिँदै

नेपालगन्ज । नेपाली कांग्रेसले बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा

रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

कांग्रेस छाडेर एमाले प्रवेश गरे प्रमोद कुमार यादव, रुपन्देही-४ बाट उम्मेदवार बन्ने

बुटवल । नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादव नेकपा (एमाले)

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी