६ माघ २०८२, मंगलबार | January 20, 2026

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता जारी



बुटवल । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि मनोनयन दर्ता भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दर्ताका क्रममा निर्वाचन क्षेत्र नं २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो उम्मेदवारी दर्ता गरेको छ । प्रलोपाका तर्फबाट अध्यक्ष परिषद् सदस्य नारायण नागिलाले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । त्यसैगरि रुपन्देही २ बाटै रुपन्देही २ बाट राप्रपाबाट कर्विका थापाले उम्मेदवारी दर्ता गराउकी छन् भने जसपा नेपालबाट दिपक गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । यसै क्षेमा नेकपाबाट सुवास पाण्डे र नेसनल रिपब्लिक नेपाल पार्टीका तर्फबाट थमनबहादुर बुढाले पनि मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले राजनीतिक दलहरूका लागि निर्धारण गरेको समय तालिकाअनुसार प्रलोपाले उम्मेदवारी दर्ता प्रक्रिया पूरा गरेको हो । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरू निर्वाचन कार्यालय आउने तयारीमा रहेको जनाइएको छ ।

उता रुपन्देही–३ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट डा लेखजङ्ग थापाले मनोनयन दर्ता गराएका छन् । यहाँ नेपाली कांग्रेसका तर्फबाट सुशील गुरुङ, नेकपा एमालेका बासुदेव घिमिरेलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ३ : ०९ बजे

गगन थापालाई कांग्रेस सभापतिका रूपमा काम गर्न सर्वोच्चको बाटो खुला

काठमाडौं । गगन थापालाई नेपाली कांग्रेसको सभापतिमा मान्यता दिने निर्वाचन

पूर्वप्रधानमन्त्री माधव नेपालले रौतहट-१ बाट गराए मनोनयन दर्ता

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

एमाले अध्यक्ष ओलीद्वारा झापा-५ मा मनोनयन दर्ता

झापा । नेपाल कम्युनिष्ट पार्टी  (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

गोरखा-२ मा बाबुराम भट्टराईद्वारा मनोनय दर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल र कांग्रेसबाट चुन्नु पौडेलको उम्मेदवारी दर्ता

बुटवल । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका