२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

निर्वाचनका लागि सुनसरीमा निर्वाचन प्रहरीको शारीरिक परीक्षण, मागभन्दा बढी आवेदन



सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुनसरीमा तीव्र रूपमा अघि बढेको छ । सोही क्रममा सुनसरीको इनरुवा नगरपालिका-४ स्थित नयाँ बसपार्क क्षेत्रमा निर्वाचन प्रहरीका लागि शारीरिक परीक्षण सञ्चालन गरिएको छ ।

शारीरिक परीक्षणमा सहभागी हुन सुनसरीसहित आसपासका जिल्लाबाट ठूलो संख्यामा युवायुवतीको सहभागिता देखिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी व्यवस्थापनका लागि निर्वाचन प्रहरी छनोट प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार यसपटक जिल्लामा कुल ३ हजार ५७८ जना निर्वाचन प्रहरीको माग गरिएको थियो । तर उक्त मागभन्दा बढी अर्थात् ४ हजार ८३३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । मागभन्दा बढी आवेदन परेपछि प्रतिस्पर्धात्मक रूपमा शारीरिक परीक्षण तथा छनोट प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

शारीरिक परीक्षणमा उचाइ, तौल, दौड, फुर्ती लगायतका मापदण्डका आधारमा उम्मेदवारहरूको मूल्यांकन भइरहेको छ । परीक्षणमा सफल हुने उम्मेदवारहरूलाई आवश्यक तालिमपछि निर्वाचन सुरक्षामा खटाइनेछ ।

जिल्ला प्रहरी कार्यालयले निर्वाचन सुरक्षालाई प्राथमिकतामा राख्दै पारदर्शी र निष्पक्ष ढंगले निर्वाचन प्रहरी छनोट प्रक्रिया अघि बढाइएको जनाएको छ । साथै, शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सुरक्षा संयन्त्र पूर्ण रूपमा तयारी अवस्थामा रहेको समेत प्रहरी प्रशासनले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ८ : १८ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत