७ माघ २०८२, बुधबार | January 21, 2026

प्रतिनिधिसभा निर्वाचन : नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी



भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ ।

नेमकिपाले ६७ पुरुष र ५३ महिलालाई उम्मेदवार बनाएको पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जानकारी दिए । नेमकिपाले बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवा बाहेक १२ जिल्लामा उम्मेदवारी दिएको जानकारी दिँदै उनले १२ जिल्लाको ३२ निर्वाचन क्षेत्रमा २० महिला र १२ पुरुषलाई उम्मेदवार बनाएको बताए । उक्त प्रदेशमा पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई भक्तपुर क्षेत्र नं १ बाट उम्मेदवार बनाएको छ ।

कर्णाली प्रदेशमा सात जिल्लाको नौ निर्वाचन क्षेत्रमा एक महिलासहित नौ जनालाई उम्मेदवार बनाएको केन्द्रीय सदस्य गोसाईले बताए । कालिकोटमा नन्दबहादुर शाही, जुम्लामा बिर्खबहादुर राउत र दैलेखमा बखतबहादुर थापा, सुर्खेतमा तुलसी खड्कालाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी कोशी प्रदेशको १२ जिल्लामा आठ महिला र १३ पुरुष, मधेश प्रदेशका आठ जिल्लामा ६ महिला र १६ पुरुषलाई उम्मेदवार बनाएको छ । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये सात जिल्लामा उम्मेदवारी दिएको नेमकिपाले आठ महिला र ६ पुरुषलाई उम्मेदवार बनाएको केन्द्रीय सदस्य गोसाईले बताए । गण्डकी प्रदेशमा ११ मध्ये पाँच जिल्लामा ६ महिला र दुई पुरुष तथा सुदुरपश्चिम प्रदेशमा बाजुराबाहेक आठ जिल्लामा पाँच महिला र नौ पुरुषलाई उम्मेदवार बनाएको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ८ : ३५ बजे

प्रचण्डको रुकुम पूर्वमा मोर्निङ वक र घरदैलो अभियान, जनयुद्धकालीन स्थलको अवलोकन गर्दै सहिद परिवारसँग भेट

रुकुमपूर्व । पूर्वी रुकुमबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका

प्रतिनिधिसभा निर्वाचन : नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

तानसेन । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य

निर्वाचनका लागि सुनसरीमा निर्वाचन प्रहरीको शारीरिक परीक्षण, मागभन्दा बढी आवेदन

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा