२९ भदौ २०८३, सोमबार | September 15, 2026

प्रतिनिधिसभा निर्वाचन : नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी



भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ ।

नेमकिपाले ६७ पुरुष र ५३ महिलालाई उम्मेदवार बनाएको पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जानकारी दिए । नेमकिपाले बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवा बाहेक १२ जिल्लामा उम्मेदवारी दिएको जानकारी दिँदै उनले १२ जिल्लाको ३२ निर्वाचन क्षेत्रमा २० महिला र १२ पुरुषलाई उम्मेदवार बनाएको बताए । उक्त प्रदेशमा पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई भक्तपुर क्षेत्र नं १ बाट उम्मेदवार बनाएको छ ।

कर्णाली प्रदेशमा सात जिल्लाको नौ निर्वाचन क्षेत्रमा एक महिलासहित नौ जनालाई उम्मेदवार बनाएको केन्द्रीय सदस्य गोसाईले बताए । कालिकोटमा नन्दबहादुर शाही, जुम्लामा बिर्खबहादुर राउत र दैलेखमा बखतबहादुर थापा, सुर्खेतमा तुलसी खड्कालाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी कोशी प्रदेशको १२ जिल्लामा आठ महिला र १३ पुरुष, मधेश प्रदेशका आठ जिल्लामा ६ महिला र १६ पुरुषलाई उम्मेदवार बनाएको छ । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये सात जिल्लामा उम्मेदवारी दिएको नेमकिपाले आठ महिला र ६ पुरुषलाई उम्मेदवार बनाएको केन्द्रीय सदस्य गोसाईले बताए । गण्डकी प्रदेशमा ११ मध्ये पाँच जिल्लामा ६ महिला र दुई पुरुष तथा सुदुरपश्चिम प्रदेशमा बाजुराबाहेक आठ जिल्लामा पाँच महिला र नौ पुरुषलाई उम्मेदवार बनाएको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ८ : ३५ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ