७ माघ २०८२, बुधबार | January 21, 2026

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने



काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रतिनिधिसभा चुनावका कारण परीक्षाको मिति सार्नुपरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । वार्षिक शैक्षिक क्यालेन्डरअनुसार एसईई परीक्षा चैतको पहिलो साता हुनुपर्छ ।

निर्वाचनका कारण यसअघि तय गरिएको मिति परिवर्तन गरी नयाँ कार्यतालिकाअनुसार परीक्षा सञ्चालन गर्न लागिएको हो ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले चैत १९ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय भइसकेको जानकारी दिँदै आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार परीक्षा व्यवस्थापन, केन्द्र निर्धारण तथा अन्य प्राविधिक कामहरू समयमै सम्पन्न गरिने छन् ।

देशभरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुनेछन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ७ : ३३ बजे

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत