८ माघ २०८२, बिहिबार | January 22, 2026

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता



काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निपाह सङक्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए । उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको परीक्षण सुरु गरेको बताए ।

“विशेष गरी कोशी प्रदेशको सीमा नाकामा हामीले सतर्कता अपनाएका छौँ । अरु सीमा नाकामा नेपाल भित्रिने व्यक्तिको स्वास्थ्य परीक्षण गर्न भनेका छौं”, उनले भने ।

प्रवक्ता बुढाथोकीले निपाह भाइरस सङ्क्रमण लागेका व्यक्तिलाई समयमा उपचार नगेको खण्डमा मृत्यु समेत हुन सक्ने बताए । उनका अनुसार निपाह भाइरस सङ्क्रमणको मृत्युदर ३० देखि ३३ प्रतिशत रहेको छ । निपाह भाइरस सङ्क्रमण सुँगुर, चमेरा र सङ्क्रमित मानिसबाट सर्ने गर्दछ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ८ : २९ बजे

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा