९ माघ २०८२, शुक्रबार | January 24, 2026

राप्रपा रुपन्देही-२ की उम्मेदवार कर्भिका थापाद्वारा उम्मेदवारी फिर्ता



बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कर्भिका थापाले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी फिर्ता लिएकी छन् । कसैबाट विरोध वा उजुरी नआए पनि पार्टीको आग्रह र संविधानिक प्रावधानका कारण आफूले उम्मेदवारी फिर्ता लिएको थापाले बताइन् ।

उनले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा रहँदा प्राप्त कुनै पनि कार्ड परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाउने व्यवस्था रहेको उल्लेख छ । सो अवधि पूरा नहुँदै उम्मेदवारी दर्ता भएकाले संवैधानिक जटिलता नआओस् भन्ने उद्देश्यले उम्मेदवारी फिर्ता लिएको थापाले स्पष्ट पारेकी छन् ।

थापाले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पाउनु आफ्नो लागि ठूलो सम्मान भएको उल्लेख गर्दै पार्टी र मतदाताप्रति आभार व्यक्त गरेकी छन् । उनले भविष्यमा पनि राष्ट्र र जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

विज्ञप्तिअनुसार कर्भिका थापा विगत १४ वर्षदेखि विदेशमा शिक्षा अध्ययन तथा विभिन्न सीप आर्जनमा संलग्न रहँदै आएकी थिइन् । उम्मेदवारी फिर्तासँगै रूपन्देही-२ मा राप्रपाको चुनावी रणनीतिमा फेरबदल हुने देखिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ११ : ४३ बजे

सुरक्षा चुनौती सामनामा सशस्त्र प्रहरीको भूमिका स्मरणीय छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक

नेपाल बन्यो लिफ कोलियसन सम्झौतामा हस्ताक्षर गर्ने पहिलो दक्षिण एसियाली मुलुक

काठमाडौं । नेपाल सरकारले वन विनाश न्यूनीकरणका प्रयासको कदरस्वरूप लिफ

देश परिवर्तनको यात्रामा सहकार्य गर्न महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

चुनावमा दल र उम्मेदवारले बैंक खाताबाट मात्र खर्च गर्न पाउने, राष्ट्र बैंकलाई आयोगको पत्र

काठमाडौं । चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने

दलीय पत्रकारिताले लोकतन्त्र कम्जोर भयो : मेयर विष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलीय पत्रकारिताको कारण