२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

राप्रपा रुपन्देही-२ की उम्मेदवार कर्भिका थापाद्वारा उम्मेदवारी फिर्ता



बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कर्भिका थापाले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी फिर्ता लिएकी छन् । कसैबाट विरोध वा उजुरी नआए पनि पार्टीको आग्रह र संविधानिक प्रावधानका कारण आफूले उम्मेदवारी फिर्ता लिएको थापाले बताइन् ।

उनले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा रहँदा प्राप्त कुनै पनि कार्ड परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाउने व्यवस्था रहेको उल्लेख छ । सो अवधि पूरा नहुँदै उम्मेदवारी दर्ता भएकाले संवैधानिक जटिलता नआओस् भन्ने उद्देश्यले उम्मेदवारी फिर्ता लिएको थापाले स्पष्ट पारेकी छन् ।

थापाले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पाउनु आफ्नो लागि ठूलो सम्मान भएको उल्लेख गर्दै पार्टी र मतदाताप्रति आभार व्यक्त गरेकी छन् । उनले भविष्यमा पनि राष्ट्र र जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

विज्ञप्तिअनुसार कर्भिका थापा विगत १४ वर्षदेखि विदेशमा शिक्षा अध्ययन तथा विभिन्न सीप आर्जनमा संलग्न रहँदै आएकी थिइन् । उम्मेदवारी फिर्तासँगै रूपन्देही-२ मा राप्रपाको चुनावी रणनीतिमा फेरबदल हुने देखिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ११ : ४३ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात