९ माघ २०८२, शुक्रबार | January 23, 2026

नेकपा कालीकोटमा उम्मेदवार विवाद टुंगियो, जीवन बुढाले फिर्ता लिए उम्मेदवारी



सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटमा देखिएको उम्मेदवारसम्बन्धी विवाद अन्ततः टुंगिएको छ ।

पार्टीका आधिकारिक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दिएका नेता जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार (माघ ९) उनले उम्मेदवारी फिर्ता लिँदै शाहीलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बुढाले उम्मेदवारी फिर्ता लिएको नेकपा कालीकोटले जनाएको छ । आजै बिहान मात्र प्रचण्डसहित शीर्ष नेताहरूको सहभागितामा भर्चुअल (जुम) बैठक सम्पन्न भएको थियो, जसबाट विवाद समाधान गरिएको हो ।

उम्मेदवारी फिर्ता लिनुअघि बुढा र शाहीबीच जनतामाझ नयाँ ढंगले जाने तथा केही राजनीतिक प्रतिबद्धतामा समझदारी भएको पार्टीले जनाएको छ ।

०७० सालदेखि कालीकोटबाट प्रतिनिधित्व गर्दै आएका शाही आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुनः नेकपाका तर्फबाट उम्मेदवार बनेका छन् । उनलाई चुनौती दिँदै बुढाले मनोनयन दर्ताको दिन स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १ : ०२ बजे

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति

४९ उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता, एकको खारेजी

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका