१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

चितवनमा साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार



चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका साना दल र स्वतन्त्र उम्मेदवार युवा रहेका छन् । जिल्लाका तीन क्षेत्रमा उम्मेदवारी दिएका ६५ जनामध्ये २५ जना ४० वर्ष मुनिका रहेका छन् । तिनिहरुमा नेकपा एमाले र रास्वपाका एक÷एक जना हुन भने बाँकी साना दलका र स्वतन्त्र उम्मेदवार हुन् ।

जेनजी आन्दोलनपछि नेतृत्वमा आएर राष्ट्रनिर्माणमा लाग्न युवा उत्साहित भएसँगै उम्मेदवारी परेको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नं १ मा १९ उम्मेदवार छन् । सोमध्ये पाँच जना ४० वर्ष मुनिका रहेका छन् । त्यस्तै, क्षेत्र नं २ मा २३ जनाले उमेदवारी दर्ता गराएकामा ४० वर्षमुनिका १२ जना रहेका छन् । क्षेत्र नं ३ मा पनि २३ जनाले उम्मेदवारी दर्ता गराएकामा आठ जना ४० वर्ष मुनिका रहेका छन् ।

निर्वाचन कार्यालयका अनुसार जिल्लामा सबैभन्दा कम उमेरका उमेदवार प्रगतिशील लोकतान्त्रिक पार्टीका विकास कामी हुन् । राप्ती नगरपालिका–९ का २५ वर्षीय कामी क्षेत्र नं १ का उम्मेदवार हुन् । क्षेत्र नं १ मा दुई स्वतन्त्र उम्मेदवार २८ वर्षका सौरव कँडेल र ३० वर्षका सञ्जय रिजाल रहेका छन् । सोही क्षेत्रका नेपाल मजदुर किसान पार्टीका २९ वर्षीय अर्जुन प्रजा उम्मेदवार छन् । यस्तै जनता समाजवादी पार्टीका ३९ वर्षीय अजय ठाकुर उम्मेदवार बनेका छन् ।

चितवन क्षेत्र नं २ मा ४० वर्षमुनिका १२ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेका अस्मिन घिमिरे ३८ वर्षीय हुन् । मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट २८ वर्षका ऋषा गोले उम्मेदवार छन् । नेकपा (माओवादी)बाट ३८ वर्षीया दिर्शनाकुमारी शाही र आम जनता पार्टीका ४० वर्षीया देवीकुमारी मगर उम्मेदवार छन् । बत्तीस वर्षीया निर्मलाकुमारी ठाकुर जनमत पार्टीबाट उम्मेदवार छन् । यस्तै ३४ वर्षका मिलन थापा मगरले श्रम संस्कृति पार्टीबाट उमेदवारी दर्ता गराएका छन् भने ३६ वर्षीय शोभावासु कला मजदुर किसान पार्टी र ३४ वर्षका सुवास महतो नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार छन् ।

तीस वर्षका कृष्णप्रसाद चापागाईं, ३१ वर्षका प्रवनी सापकोटा, २९ वर्षका रवि कुमाल र ३७ वर्षका शङ्कुप्रसाद जैसी क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । कार्यालयको तथ्याङ्कअनुसार क्षेत्र नं ३ मा ४० वर्षमुनिका आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । श्रम संस्कृति पार्टीका ३८ वर्षका तोजमान गुरूङ, नेकपा (माओवादी)का ३६ वर्षका डा आशिकप्रसाद महतो, राष्ट्रिय नागरिक पार्टीका ३० वर्षका विजन गुरूङ, रास्वपाबाट ३१ वर्षीया सोविता गौतम, जनता समाजवादी पार्टीका ३८ वर्षका थमनसिंह सुनारले उम्मेदवारी दिएका हुन् । यस क्षेत्रमा ४० वर्षमुनिका दुई उम्मेदवार स्वतन्त्रबाट छन् । छत्तीस वर्षका कृष्णप्रसाद अधिकारी र ३७ वर्षका रोलबहादुर गुरूङले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  २ : १६ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि