काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन भएपछि सभापति गगन थापा पहिलोपटक पार्टी केन्द्रीय कार्यालय प्रवेश गरेका छन् । केन्द्रीय कार्यालयमा पदभारसहित केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेर सभापति थापा पार्टी कार्यालय प्रवेश गरेका हुन् ।
उनलाई आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चुनिएका थिए ।
विशेष महाधिवेशनबाट सभापति चुनिएपछि पनि देउवा समुहले केही दिन केन्द्रीय कार्यालष् कब्जा गर्दै निर्वाचित केन्द्रीय समितिका पदाधिकारीलाई केन्द्रीय कार्यालय प्रवेश गर्न दिएका थिएनन् । देउवा समुहका युवाहरु पार्टी कार्यालय मै रात बिताएर गगन थापालाई कार्यालय प्रवेशमा अवरोध गरेका थिए । निर्वाचित केन्द्रीय कार्यसमितिको २ वटा बैठक कार्यालय बाहिर अन्यत्र बसेको थियो ।
सभापति सहित निर्वाचित टिम केन्द्रीय कार्यालय आउने भएपछि पार्टी कार्यालयमा बाक्लो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।
बैठक लगत्तै सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम छ । अघिल्लो निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ मा उम्मेदवार छन् । उनले माघ ६ गते वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका थिए ।


















प्रतिक्रिया