१० चैत्र २०८२, मंगलबार | March 24, 2026

गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पार्टी केन्द्रको निर्णय सबैले पालना गर्नुपर्छ : मीन विश्वकर्मा



काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट भएको निर्णय पालना नगर्ने छुट पार्टीभित्र कसैलाई पनि नभएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विश्वकर्माले केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गरिसकेको उल्लेख गर्दै उक्त निर्णय सबै नेता–कार्यकर्ताले मान्नुपर्ने बताएका हुन्।

“पार्टीको तर्फबाट सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरिएको छ। पार्टी केन्द्रीय समितिको निर्णय सबैले पालना गर्नुपर्छ, अन्यथा गर्ने कसैलाई छुट हुँदैन,” उनले लेखेका छन्।

उनले हाल पार्टीभित्र कुनै पनि प्रकारको मतभेद नरहेको दाबी गर्दै आगामी निर्वाचनमा रूख चिह्नमा बहुमत ल्याउने लक्ष्यसहित नेपाली कांग्रेस एकजुट भएर अघि बढिरहेको बताए।

अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पनि निर्वाचनमा असर नपरोस् भन्ने उद्देश्यले उम्मेदवार छनोटमा सहमति गरिएको र देशव्यापी रूपमा कांग्रेसजनले रूख चिह्नमा निर्विवाद मत माग्ने वातावरण बनाइएको उनको भनाइ छ। “अहिले पार्टीभित्र कुनै मतभेद छैन,” उनले उल्लेख गरेका छन्।

राष्ट्रिय सभा निर्वाचनपछि पूर्वउपसभापति पूर्णबहादुर खड्का पक्षले भेला बोलाउन लागेको भन्ने चर्चा निराधार हल्ला मात्रै भएको पनि विश्वकर्माले बताएका छन्।

पार्टी चुनावी मैदानमा रहेको अवस्थामा भ्रामक सूचनाहरू फैलिन सक्ने भन्दै उनले त्यस्ता विषयमा सम्बन्धित व्यक्तिसँग बुझ्न आग्रह गरेका छन्। साथै, पार्टी र उम्मेदवारलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न उनले सबैलाई अनुरोध गरेका छन्।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ९ : २९ बजे

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन