२७ भदौ २०८३, शनिबार | September 12, 2026

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’



नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको अवस्थाबारे नेपालगन्जका सरोकारवालासँग अन्तक्र्रिया गरेको छ ।

बोर्डले आज नेपालगन्जमा आयोजना गरेको ‘विज्ञापन नियमनमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागी सरोकारवालाहरुले सङ्घबाहेक प्रदेश र स्थानीय सरकारले पनि विज्ञापनको नियमनलाई कार्यान्वयन गर्न सुझाव दिए । उनीहरुले प्रदेश र स्थानीय सरकार विज्ञापन नियमनमा निश्क्रिय हुँदा भूमपूण विज्ञापनले बजार पाएको गुनासो गरे ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्ले विज्ञापनको विषय उपभोक्तासँग गाँसिएको विषय भएको उल्लेख गर्दै विभिन्न ‘प्लेटफर्म’मा आएका विज्ञापनलाई नियन्त्रण र नियमन गर्न समन्वयकारी भूमिका निर्वाह गरिने बताए । उनले कतिपय स्वास्थ्य संस्थाहरुले सेवाका नाममा विज्ञापन मार्फत चमत्कार बेचिरहेको आरोप लगाए । उनले विज्ञानमै नभएको सेवा प्रचार गरे नाफा कमाइरहेको टिप्पणी गर्दै अनलाईन विज्ञापनबाट उपभोक्ताहरु ठगिने गरेको उल्लेख गरे ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन बोर्डको अधिकार प्रयोग गरेर स्थानीय तहले काम गर्न सक्ने उल्लेख गर्दै जथाभावी रुपमा प्रयोग भएको होर्डिङ बोर्डले सहरी सौन्दर्यकरण बिगारेको बताए । उनले भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ताहरु ठगिने गरेको बताए । अध्यक्ष हुमागाईले भ्रामक विज्ञापन विरुद्ध कारवाही गर्ने अधिकार स्थानीय तहलाई ऐनले दिएपनि कार्यान्वयन शुन्य रहेको बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले विज्ञापनले मनोसामाजिक रुपमा प्रभाव पारेको उल्लेख गर्दै नेपालमा मदिराको विज्ञापन गर्न रोक लगाउनु मञ्चको ठूलो उपलब्धि भएको बताए ।

सभागीहरुले विज्ञापन बोर्डले अनलाई सञ्चार माध्यमहरुलाई विभेद गरिएको, भ्रमपूर्ण विज्ञापन नियन्ज्ञणमा बोर्डको सक्रियता नदेखिएको, स्थानीयस्तरमा अनाधिकृत सञ्चार संथ संचालन हुँदा आम नागरिकमा भ्रम सृजना भएको धारणा राखेका थिए । उक्त अवसरमा स्थानीय तह र प्रदेश सरकारले विज्ञापनका विषयमा गर्ने नियमन र जरिवानाका विषयमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ९ : ११ बजे

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास