२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने



काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने सम्भावना देखिएको जानकारी गराउँदै सतर्कताका लागि चेतावनी जारी गरेको छ।

मंगलबार र बुधबार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका केही स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले आज (सोमबार) साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार ती २ दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू‍भागका केही स्थानमा मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

यसैगरी मंगलबार र बुधबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागमा मेघगर्जन/चट्याङसहितको वर्षाको समेत सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । ‘सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।’ मौसम महााखाले बुलेटिनमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १० : १५ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात