काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इञ्जिनियर (अधिकृत आठौँ तह) भरतकुमार आचार्यविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आचार्यले पदीय मर्यादा विपरितका कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा आज विशेष अदातलमा आरोपपत्र दायर गरिएको जनाएको छ । आचार्यले सेवा अवधिमा आर्जन गरेको सम्पत्तिको स्रोत खुलाउन नसकेपछि गैरकानुनी सम्पत्ति आर्जन गरेको कसूरमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार आचार्य इञ्जिनियर÷राप तृतीय श्रेणी पदमा सेवामा प्रवेश गरेको २०४८ माघ ६ गतेदेखि २०८० असार ६ गतेसम्मको सम्पत्ति परीक्षण गरिएको थियो । परीक्षणका क्रममा रु छ करोड ७८ लाख ९१ हजार १५ बराबरको रकमको स्रोत खुल्न नसकेको पाइएकाले सोही बराबरको बिगो असूल गरी कारबाहीको माग गरिएको छ ।

















प्रतिक्रिया