३ असार २०८३, बुधबार | June 17, 2026

म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात



म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुुर्जा र अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा बुधबार हिमपात भएको छ ।

हिमपातका कारण जनजिवन प्रभावित भएको छ । धवलागिरी गाउँपालिका–१ गुुर्जाका वडा सदस्य गुनराम छन्त्यालले बिहानैदेखि निरन्तर हिमपात भइरहेको जानकारी दिनुभयो । राती पानी परेको र करिब दुई इञ्ज बाक्लो हिउँ जमेको उनले बताए ।

समुन्द्रि सतहदेखि दुई हजार सात सय मिटर उचाईमा रहेको गुुर्जा जोड्ने पदमार्ग र सडक हिउँपरेपछि अवरुद्ध भएको छ । सर्वसाधारणहरु घरभित्रै आगो तापेर बसेका छन् । गाईबस्तुु, भेडाबाख्रालाई गोठमै राखेर सुुख्खा घाँस खुुवाएर राखेका छन् ।

पर्यटकीय स्थल घोडेपानी, पुुनहिल, खोप्रा र मोहरेडाडा पनि हिउँले छोपिएको छ । घोडेपानीका होटल व्यवसायी मिना पुुनले हिमपात सुुरुभएपछि चहलपहल घटेको बताउनुभयो । घोडेपानी र पुुनहिल घुुम्न आउने पर्यटक घटेपछि सुनसान भएको छ ।

यो वर्षको दोस्रो हिमपात भएको हो । म्याग्दी जिल्लाभर बर्षा भएको छ । बर्षाका कारण हिउँदेबालीमा फाइदा पुुगेको छ । हिउँ र आकाशे पानीले सिचाईको काम गरेको मालिका गाउँपालिका ७ का कृषक भुपेन्द्र शर्माले बताए ।

सुख्खा भएको जमिन भिजेर बिरुवाले आवश्यक तत्व पाउने र खेतीबाली सप्रिने उनले बताए। गहुुँ, जौ, केराउ, सुुन्तलाजात फलफुलका लागि बर्षाले सहयोग गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १२ : २० बजे

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

गण्डकी । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण

चिया निर्यात समस्या समाधान गर्न सरकारसँग कांग्रेस सचेतक राईको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले भारततर्फ नेपाली

विपक्षी दलले उठाए सभामुख अर्यालमाथि प्रश्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउन

नेपाल टेलिभिजनको समान खरिद प्रकरण : चार सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था

खुकुरी देखाएर युवतीलाई यातना दिने युवक लागुऔषधसहित पक्राउ

दाङ । खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि