७ आश्विन २०८३, बुधबार | September 23, 2026

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता बालेन साहसँगै अछाम पुगेका उनका सहयोगी दिनेश सिटौला शुक्रबार बिहान एक्कासि बेहोस भएका छन् । उनी अछाम सदरमुकाम मंगलसेनमा रहेको साहको टोलीसँगै रहँदा अचानक अचेत अवस्थामा पुगेका हुन् ।

४३ वर्षीय सिटौलाको अवस्था गम्भीर भएपछि उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर अछाम पठाइएको छ । हालसम्म उनको होस नआएको जनाइएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार सिटौलालाई प्रारम्भिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ । “स्वास्थ्य अवस्था सामान्य नभएकाले थप उपचारका लागि काठमाडौं लैजाने निर्णय गरिएको हो,” उनले बताए ।

नुवाकोट घर भएका सिटौला बालेन साहको चुनावी अभियान टोलीका सक्रिय सदस्य रहेको जनाइएको छ । सिटौलाको उद्धारपछि बालेन साहको टोलीले भने मध्यपहाडी राजमार्ग हुँदै दैलेखतर्फ जाने कार्यतालिका रहेको प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए ।

सिटौलाको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ भने चिकित्सकीय परीक्षणपछि मात्र बेहोस हुनुको कारण खुल्ने बताइएको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ११ : ३३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज