२९ भदौ २०८३, सोमबार | September 15, 2026

मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु



झापा । मेचीनगर नगरपालिका-६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नेपालतर्फ आउँदै गरेको प्र१-०१-०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १०ः०० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकलको पछाडि सवार मेचीनगर-६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कटुवाललाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पु¥याइएको थियो । उपचारकै क्रममा चिकित्सकले राति १०ः५५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर-६ निवासी ३५ वर्षीय काशीनाथ पौडेलसमेत घाइते भएका छन । उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । मृतक कटुवालको शव हाल मेची आम्दा अस्पतालमै राखिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ भने घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ७ : १२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ