१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई



बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’ प्रतियोगिताको उपाधि अक्सफोर्ड सेकेण्डरी स्कुल, बुटवलका अंकित गौतमले जितेका छन् । रुपन्देही जिल्लाका विभिन्न विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूबीच भएको प्रतिस्पर्धामा अन्य आठ जना प्रतिस्पर्धीलाई पछि पार्दै गौतमले उपाधि हात पार्न सफल भएका हुन् ।

उपाधि विजेता गौतमले नगद ५५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, प्रतियोगितामा ग्लोरी स्कुलकी अध्यता भण्डारी फस्ट रनरअप बनेकी छन् । उनले नगद ३५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । सेकेण्ड रनरअपको उपाधि भने मणिमुकुन्द सेकेण्डरी स्कुलकी दिया सारुले हात पारिन् । उनले नगद २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाएकी छन् । प्रतियोगिता संयोजक डिबी लोहनीका अनुसार विजेता तथा उपविजेताहरूलाई पुरस्कार वितरण गरिएको हो ।

विगत २६ वर्षदेखि बुटवलमा सञ्चालनमा रहेको बागेश्वरी कला तथा संगीत एकेडेमीले नयाँ पुस्ताका विद्यार्थीहरूमा लुकेको अन्तर्निहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरेको एकेडेमीकी सञ्चालक लालिमा श्रेष्ठले बताइन् । उनका अनुसार ‘स्कुल गट ट्यालेन्ट’ अन्तर्गत रुपन्देहीका विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य, गायन, वाद्यवादन, अभिनय/नाटक, कमेडी तथा ¥यापजस्ता विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

एकेडेमीका म्यानेजर सुमन गहतराजका अनुसार प्रतियोगितालाई पाँच चरणमा सञ्चालन गरिएको थियो । ग्राउन्ड अडिसन, मेघा अडिसन, वर्कसप, सेमीफाइनल हुँदै अन्ततः नृत्य विधातर्फ ६ जना र गायन विधातर्फ ३ जना गरी ९ जना विद्यार्थी फाइनल चरणमा छनोट भएका थिए । ‘नो भोट, नो एसएमएस’ भन्ने मूल नारासहित सम्पन्न प्रतियोगितामा निर्णायकको भूमिका मनिष सारु र विनोद चौधरीले निर्वाह गरेका थिए ।

सोही अवसरमा बोल्दै नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले विद्यार्थीहरूभित्र लुकेको प्रतिभालाई उजागर गर्न यस्ता ट्यालेन्ट शोहरू अत्यन्त महत्वपूर्ण हुने बताए । उनले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक प्रतियोगिताहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : २९ बजे

सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१