१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)



काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिभिन्न अभियोग लागेका र आयोगले तोकेको मापदण्ड पूरा नगरेका समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम सूचीबाट हटाएको हो ।

आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ७६ जनाको नाम हटाइएको जानकारी दिएको छ । कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका, पच्चीस वर्ष उमेर पूरा नभएका लगायत उम्मेदवारहरूको नाम बन्दसूचीबाट हटाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

ुसमानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीका सम्बन्धमा पर्न आएका उजुरी, प्रचलित कानुन बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवम् राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा ७६ जनाको नाम हटाउने निर्णय भएको हो,ु आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।

आयोगले सूचीबाट हटाइएकाहरुमा कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, पच्चीस वर्ष उमेर पूरा नभएका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जना, महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरुष उम्मेदवार पेस भएका १ जना, नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएका १० जना, तथा माथि उल्लिखित कारणहरूमध्ये एकभन्दा बढी कारण भएका २ जना रहेका छन् ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १० : ४६ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११