८ भदौ २०८३, सोमबार | August 25, 2026

अरनिको पाण्डेले पनि लिए रास्वपाको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेका डा। अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

पाण्डेले उम्मेदवारी फिर्ताबारे फेसबुकमा स्टाटस लेख्दै हिजो बसेको केन्द्रीय समिति बैठकमा यसबारे जानकारी गराएको बताएका छन् ।

फेसबुकमार्फत लेख्दै भनेका छन्, ‘पछिल्लो समयमा विकसित राजनीतिक अवस्थाका कारण विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय जानकारी गराएँ ।’

यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरूको संख्या ६ पुगेको छ । यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले बन्दसूचीबाट नाम फिर्ता लिने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १० : ४७ बजे

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था,

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौँ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल

प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना

उमेर नपुगेका बालिकाहरुलाई स्पाको काममा लगाउने ३ जना स्पा संचालक पक्राउ

नेपालगन्ज । उमेर नपुगेका बालबालिकाहरुलाई अबैध काममा लगाएको भन्दै नेपालगन्जमा