२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

४२ ‘जेनजी’ सहिद परिवारलाई उपसचिवसरह मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन निकासा



काठमाडौं । सहरी विकास मन्त्रालयले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा मृत्यु भएका ४२ जना ‘जेनजी’ सहिदका परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँका दरले पेन्सन निकासा गरेको छ । उक्त रकम पुनर्निर्माण कोषबाट उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

आन्दोलनका क्रममा कुल ७६ जनाको मृत्यु भएको थियो । तीमध्ये जेलबाट भागेका व्यक्तिहरू बाहेकलाई सहिद घोषणा गर्ने निर्णय गरिएको थियो । सहिद घोषितमध्ये तीन जना प्रहरी समेत रहेकामा हाल प्रहरी बाहेकका ४२ जनाका परिवारलाई सहरी विकास मन्त्रालयमार्फत मासिक पेन्सन रकम निकासा गरिएको हो ।

मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार सहिद परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँ तथा वर्षमा १३ महिनाका दरले १० वर्षसम्म पेन्सन उपलब्ध गराइनेछ । यसका लागि कुल ११ करोड ९० लाख २८ हजार रुपैयाँ आवश्यक पर्ने र उक्त रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको उनले जानकारी दिए ।

रेग्मीका अनुसार रकम निकासाको विषयमा अर्थ मन्त्रालयसँग छलफल भएको थियो । तर हाल अर्थ मन्त्रालयको औपचारिक स्वीकृति बिना नै पुनर्निर्माण कोषबाट रकम निकासा गरिएको हो ।

यता अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले भने राहतसम्बन्धी कुनै पनि फाइल अर्थ मन्त्रालयबाट स्वीकृत नभएको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ३ : १४ बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै