२४ माघ २०८२, शनिबार | February 7, 2026

यो निर्वाचन व्यक्ति होइन, राष्ट्र जित्ने कि हार्ने भन्ने सवाल हो : पद्यमा अर्याल



बुटवल । नेकपा एमालेकी सचिव पद्यमा अर्यालले यस पटकको निर्वाचनमा व्यक्तिको जित-हारभन्दा पनि राष्ट्रले जित्ने कि हार्ने भन्ने मुख्य प्रश्न जोडिएको बताएकी छन् ।

स्याङ्जा-रुपन्देही सम्पर्क मञ्चले स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार खिम थापासँग आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले अहिले व्यक्ति होइन, मुलुक जित्नुपर्ने समय आएको उल्लेख गरिन् । त्यसका लागि एमालेको जित अनिवार्य रहेको उनको दाबी थियो ।

उनले राजनीतिले समाजलाई जोड्नुपर्नेमा अहिले ‘नयाँ र पुराना’ को नाममा समाज विभाजन गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिन् । ‘समाजलाई विभाजन गरेर मुलुक बन्दैन, तर अहिले नयाँ र पुरानाको नाममा समाज फुटाउने प्रयास भइरहेको छ,’ अर्यालले भनिन् ।

पूर्व मन्त्रीसमेत रहेकी अर्यालले राष्ट्रियताको रक्षा र समृद्धिको सपना पूरा गर्न एमालेको जित आवश्यक रहेको बताउँदै निर्वाचनको समयमा पार्टी कार्यकर्ताहरूले अल्छी नगरी मतदाताको घरदैलोमा पुग्न आग्रह गरिन् । ‘यदि तपाईंहरूले १५ दिन मात्रै पार्टीका लागि समय र ऊर्जा दिनुभयो भने समृद्धिको बाटो खुल्नेछ,’ उनले भनिन् ।

कार्यक्रममा पार्टीका अर्का सचिव छविलाल विश्वकर्माले पार्टी संगठनलाई अझ सुदृढ बनाउँदै विपक्षीका भ्रम चिर्नुपर्नेमा जोड दिए । ‘हामीले जिते मात्रै अधुरा विकासका कामले पूर्णता पाउँछन् । त्यसैले यो निर्वाचन एमालेका लागि “गर या मर” को अवस्था हो,’ उनले भने ।

स्याङ्जा क्षेत्र नं. २ का उम्मेदवार खिम थापाले स्याङ्जा ‘पितृले भोट हाल्ने जिल्ला’ भनेर बदनाम भएको उल्लेख गर्दै यस पटक एमालेले त्यो आरोप मेटाउने दाबी गरे । ‘यस क्षेत्रको छवि बदल्न एमालेको जित आवश्यक छ,’ थापाले भने ।

कालिगण्डकी गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका थापाले पालिकामा निःशुल्क स्वास्थ्य बिमा, शिक्षा, कृषि र सिँचाइ क्षेत्रमा गरेका कामलाई क्षेत्र र देशभर विस्तार गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मी, स्याङ्जा जिल्ला अध्यक्ष पारस गैरे तथा एमाले लुम्बिनी प्रदेश सदस्य बाबुराम भट्टराईले मुलुकको राष्ट्रियता, अखण्डता र स्वाभिमानका लागि एमालेको जित आवश्यक रहेको बताए ।

कार्यक्रम मञ्चका अध्यक्ष रोमाकान्त पाण्डेको अध्यक्षता, ऋषिराम भुसालको सञ्चालन तथा यमप्रसाद पाण्डेको स्वागत मन्तव्यका साथ सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ४ : ५० बजे

एमाले रुपन्देहीका उम्मेदवारहरु चुनावी अभियानलाई तीब्र बनाउँदै, सबै क्षेत्रमा जित निकाल्ने तयारी

बुटवल । नेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी

रुपन्देही-२ मा नेकपाको तीन सय एक सदस्यीय युवा परिचालन समिति

बुटवल, २४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु

टी-२० विश्वकपको पहिलो खेलमा पाकिस्तानको रोमाञ्चक जित, नेदरल्याण्ड्स तीन विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तानले

यो निर्वाचन व्यक्ति होइन, राष्ट्र जित्ने कि हार्ने भन्ने सवाल हो : पद्यमा अर्याल

बुटवल । नेकपा एमालेकी सचिव पद्यमा अर्यालले यस पटकको निर्वाचनमा