१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नेकपा कुनै हालतमा फुट्दैन : मन्त्री अर्याल



स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममा अर्यालले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेकी छन् ।

“पार्टीभित्रका समस्या छलफलबाट टुङ्गिन्छ”, चापाकोटमा राधादामोदर माविको चार कोठे भवनको आज उद्घाटन गर्दै उनले भनिन्, “फुटको स्वाद लिएर आएका पार्टी फुट्दैनन् ।”

मन्त्री अर्यालले बाहिर आए जस्तै पार्टीमा ठूलो समस्या नभएको र कार्यशैलीगत एजेण्डा छलफलबाटै मिल्छ भन्दै जीवन्त तथा गतिशील पार्टीमा यस्ता छलफल स्वभाविक भएकाले आआफ्नो काम कर्तव्यमा केन्द्रित भएर लाग्न सबैमा आग्रह गरिन्।

शैक्षिक गुणस्तर वृद्धि गर्न सकिएन भने विकास सम्भव नहुने बताउँदै उनले सूचना र प्रविधिको युगमा विद्यालयको भौतिक संरचना, वातावरण, शैक्षिक सामग्री, शिक्षकलाई समेत सोहीअनुसारका तालिम दिएर अगाडि बढाउनुपर्नेमा जोड दिइन्।

मन्त्री अर्यालले सरकार एक पालिका एक प्राविधिक शिक्षालयको अभियानका साथ अगाडि बढेको उल्लेख गर्दै सीपसहितको शिक्षा, विदेशिन नपर्ने शिक्षा, आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने भावना जागृत गर्ने शिक्षा आजको आवश्यकता हो भनिन् ।

प्राविधिक शिक्षाले नै सबैलाई स्वरोजगार बनाउने हुँदा प्रविधिको अधिकतम प्रयोग गरेर शिक्षण सिकाइ गर्नुपर्नेमा उनले जोड दिइन् । रासस

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ८ : १२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित