२५ माघ २०८२, आइतबार | February 8, 2026

खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा


२५ माघ २०८२, आइतबार  

0
Shares

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि आज पनि परिचित छ । खोकना सम्झनासाथ धेरैको मनमा शुद्ध तोरीको तेलको स्वाद र सुगन्ध झल्किन्छ । करिब तीन सय वर्ष लामो इतिहास बोकेको काठको तेल मिल (कोल) अहिले पनि यहाँ सञ्चालनमा रहेकाले खोकनाको पहिचान जोगिएको स्थानीय बताउँछन् ।

ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको ऐतिहासिक ‘गाबु ज्याः सा’ तेल मिल अहिले पनि सञ्चालनमा छ । तीन सय वर्ष पुरानो काठको मिललाई स्थानीय कान्छा महर्जनले निरन्तरता दिँदै आएका छन्। उनका अनुसार कोलबाट पेलिएको शुद्ध तोरीको तेल स्वदेशका साथै विदेशसम्म पठाउने गरिएको छ ।

मल्लकालमा खोकनामा चारवटा ऐतिहासिक काठका तेल मिल सञ्चालनमा थिए । समयसँगै तीमध्ये तीन बन्द भए पनि एउटा मिलले पुरानो परम्परालाई जीवित राखेको छ । बाँकी तीनवटै ऐतिहासिक मिल पुनः सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाको पहलमा भवन निर्माण प्रक्रिया अघि बढेको छ ।

शुद्ध तोरीको तेल र ऐतिहासिक कोलका कारण खोकनामा विदेशी पर्यटकसमेत अवलोकनका लागि आउने गरेका महर्जनले बताए। खोकना प्रवेश गर्ने वित्तिकै आधुनिक प्रविधिबाट तेल उत्पादन गर्ने युवा व्यावसायिका तेल मिल र साइनबोर्डहरू देखिन्छन् ।

खानोमी तेल मिलका सञ्चालक पवित्रकुमार डङ्गोलका अनुसार खोकनामा हाल १० देखि १५ वटा तेल मिल सञ्चालनमा छन् । पहिले सामुदायिक रूपमा काठको कोलबाट तेल उत्पादन गरिए पनि लागत महँगो र जनशक्ति बढी आवश्यक पर्ने भएकाले अहिले अधिकांश व्यवसायीले आधुनिक मिलको प्रयोग गर्न थालेका उनले बताए।

पहिले खोकनाका स्थानीयले आफैँं तोरी उत्पादन गर्ने गरेकामा अहिले तोरीखेती घटेको छ । डुङ्गोलका अनुसार पहिले खोकनावासी तेल र तोरी साट्न भक्तपुर, काठमाडौं, मकवानपुर र नुवाकोटसम्म पुग्ने गर्दथे । अहिले भने नेपालमा उत्पादन हुने तोरीले बजार धान्न नसक्दा भारत, युक्रेनलगायत देशबाट आयात गरेर तेल उत्पादन गरिँदै आइएको उनले जानकारी दिए।

ऐतिहासिक रूपमा तोरी उत्पादन र शुद्ध तोरीको तेलका लागि चिनिँदै आएको खोकना आज पनि यही पहिचानका कारण बजारमा लोकप्रिय छ । आधुनिक प्रविधि र पुरानो काठको कोल दुवैको सहअस्तित्वले खोकनाको तेल परम्परा जोगाइरहेको स्थानीयको विश्वास छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  १२ : ४३ बजे

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको

खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने