२५ माघ २०८२, आइतबार | February 8, 2026

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित



काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन इंग्ल्याण्डविरुद्ध नेपाल ऐतिहासिक जित नजिक पुगेर चुक्न पुगेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा आज सम्पन्न समूह चरणको खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको हो ।

१८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो । जितको निकै नजिक पुगेर पनि अन्तिम ओभरमा आवश्यक रन जोड्न नसक्दा नेपालले विश्व क्रिकेटमा नयाँ इतिहास रच्ने सुनौलो अवसर गुमाएको हो ।

नेपालका लागि मध्यक्रमका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले २९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै जिम्मेवार पारी खेले । अन्तिम ओभरतिर लोकेश बमले आक्रामक ब्याटिङ गर्दै मात्र २० बलमा ३९ रन जोडेका थिए, जसले खेललाई अन्तिम बलसम्म रोमाञ्चक बनायो ।

कप्तान रोहित पौडेलले ३९ रन र ओपनर कुशल भुर्तेलले २९ रनको योगदान दिए पनि अन्य ब्याटरले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ इंग्ल्याण्डका लियाम डसन प्रभावशाली देखिए । उनले ४ ओभरमा मात्र २१ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए । साम करन, जोफ्रा आर्चर र लुक उडले समान १–१ विकेट हात पारे । इंग्ल्याण्डले १० अतिरिक्त रन दिए तापनि नेपालले अन्तिम ओभरमा आवश्यक तीव्रतामा रन जोड्न नसक्दा नतिजा इंग्ल्याण्डको पक्षमा गयो ।

विश्व च्याम्पियनविरुद्ध नेपालले देखाएको प्रतिस्पर्धात्मक प्रदर्शनले भने नेपाली क्रिकेटको सम्भावना र आत्मविश्वासलाई अझ बलियो बनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ६ : ५७ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय