९ भदौ २०८३, मंगलबार | August 25, 2026

दक्षिण अफ्रिकामाथि ९ विकेटको शानदार जितसहित न्युजिल्याण्ड टी-२० विश्वकपको फाइनलमा



काठमाडौं । न्युजिल्याण्ड राष्ट्रिय क्रिकेट टोली टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोलीलाई ९ विकेटले पराजित गर्दै न्युजिल्याण्ड उपाधि नजिक पुगेको हो ।

कोलकातास्थित इडेन गार्डन्समा भएको खेलमा न्युजिल्याण्डका कप्तान मिचेल सैंटनरले टस जितेर पहिले बलिङ रोजेका थिए । दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो ।

१६९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै १२.५ ओभरमै १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । टोलीको जितमा फिन एलेनले विस्फोटक शतक प्रहार गरे । उनले ३३ बलमा १० चौका र ८ छक्कासहित १०० रन बनाउँदै टी-२० विश्वकप इतिहासकै सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान कायम गरे। यसअघि सन् २०१६ मा क्रिस गेलले ४७ बलमा शतक प्रहार गरेका थिए ।

एलेनले १९ बलमै अर्धशतक पूरा गर्दै न्युजिल्याण्डका लागि सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान पनि बनाए । टिम साइफर्टले ५८ रनको योगदान दिए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो रबाडाले एक विकेट लिए। न्युजिल्याण्डका रचिन रविन्द्र, म्याट हेनरी र कोल म्याककोन्कीले दुई-दुई विकेट लिए भने लोकी फर्ग्युसन र जिमी निशमले एक-एक विकेट लिए ।

यसअघि दक्षिण अफ्रिकाका मार्को यानसेनले ५५ रनको अर्धशतक बनाए । डेवाल्ड ब्रेभिसले ३४, ट्रिस्टन स्टब्सले २९ तथा एडेन मार्करमले १८ रनको योगदान दिए ।

न्युजिल्याण्डले अब फाइनलमा भारत राष्ट्रिय क्रिकेट टोली र इंग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीबीचको दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ५ : ५८ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै