१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो



नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा सुरक्षा कार्यक्रम बन्द भएका कारण भेरी अस्पतालमा प्रसूतिका बिरामीको चाप बढेको विषयलाई गम्भीरताका साथ लिएको बताएकी छन् ।

भेरी अस्पताल नेपालगन्जको निरीक्षणपछि आज यहाँ आयोजित कार्यक्रममा मन्त्री डा शर्माले शय्या अभाव भएर बिरामीलाई उपचार दिन समस्या भएको चिकित्सकहरुको गुनासोपछि अस्पतालमा शयया वृद्धि गर्नुपर्ने विषयमा कुनै दुविधा नरहेको उल्लेख गरिन् ।

मन्त्री डा शर्माले भनिन्, “देशको वर्तमान आर्थिक अवस्थाका कारण नयाँ संरचना निर्माणमा केही चुनौती रहे पनि समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने छ ।”

मन्त्री डा शर्माले कार्डियोलोजी विभागका लागि आवश्यक उपकरण उपलब्ध गराउने विषयमा समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । अस्पतालबाट प्रदान हुँदै आएको डायलासिस सेवा विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने उनको भनाइ थियो । सिटी स्क्यान मेसिन अभावका कारण सेवा प्रभावित भएको चिकित्सकको गुनासोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री डा शर्माले उक्त उपकरण अत्यावश्यक रहेको र यसको व्यवस्थापनका लागि पहल गरिने विश्वास दिलाइन् ।

त्यसअघि मन्त्री डा शर्माले अस्पतालका विभिन्न वार्ड, इमर्जेन्सीलगायतका विभागहरूको निरीक्षण गरेकी थिइन् । निरीक्षणका क्रममा उनले अस्पतालको सेवा प्रवाहबारे जानकारी लिएकी थिइन् । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले अस्पतालको सेवा प्रवाह, समस्या तथा चुनौतीबारे प्रस्तुति दिँदै प्रसूति गृहको डिपीआर निर्माण भएकाले त्यसलाई कार्यान्वयन गर्न आग्रह गरिन् ।

भेरी अस्पतालको निरीक्षण अघि मन्त्री डा शर्माले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगन्जको सञ्जीवनी शिक्षण अस्पतालको निरीक्षण गरेकी थिइन् ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ९ : ३३ बजे

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री