२८ माघ २०८२, बुधबार | February 11, 2026

भारतमा कडा आईटी नियम : तीन घण्टाभित्रै गैरकानुनी कन्टेन्ट हटाउनुपर्ने



काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई लक्षित गर्दै कडा आईटी नियम लागू गरेको छ। अब कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्मले सरकारी नोटिस प्राप्त गरेको तीन घण्टाभित्रै गैरकानुनी सामग्री हटाइसक्नुपर्ने व्यवस्था गरिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार, भारतको सूचना प्रविधि (आईटी) नियममा गरिएको संशोधनपछि उक्त प्रावधान लागू हुन लागेको हो। नयाँ नियम आगामी फेब्रुअरी २० देखि कार्यान्वयनमा आउनेछ।

यसअघि सामाजिक सञ्जाल कम्पनीहरूलाई गैरकानुनी सामग्री हटाउन ३६ घण्टासम्मको समय दिइँदै आएको थियो। समयसीमा घटाएर तीन घण्टा बनाइएपछि मेटा, युट्युब र एक्स (पूर्व ट्विटर) जस्ता ठूला कम्पनीहरूलाई यसको पालना गर्न चुनौतीपूर्ण हुनसक्ने अनुमान गरिएको छ।

एक्स लगायत केही कम्पनीहरूले यसअघि पनि कन्टेन्ट हटाउने सरकारी आदेशको प्रक्रियालाई अदालतमा चुनौती दिएका थिए।

भारतको आईटी नियमअनुसार सरकारले राष्ट्रिय सुरक्षा, सार्वजनिक व्यवस्था, तथा यौन अपराधसँग सम्बन्धित सामग्रीलाई गैरकानुनी ठहर गर्दै हटाउन निर्देशन दिन सक्ने अधिकार राख्छ।

विभिन्न पारदर्शिता प्रतिवेदनहरूका अनुसार पछिल्ला वर्षहरूमा भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई हजारौँ कन्टेन्ट हटाउने आदेश जारी गरिसकेको छ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ८ : १६ बजे

क्यानडाको स्कूलमा एक महिलाले चलाइन अन्धधुन्ध गोलीप्रहार, १० जनाको मृत्यु

पश्चिमी क्यानडाको एक हाई स्कूलमा एक महिलाले अन्धाधुन्ध गोली चलाउँदा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, सुन तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँ

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ ।

सल्यानमा पिकअप जिप भीरबाट खस्दा चालकको मृत्यु, आमा-छोरीसहित तीन घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक पिकअप जिप दुर्घटना

बागलुङ-१ मा कांग्रेस, एमाले र राजमोबीच कडा प्रतिस्पर्धा हुने

गलकोट । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर

भारतमा कडा आईटी नियम : तीन घण्टाभित्रै गैरकानुनी कन्टेन्ट हटाउनुपर्ने

काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई लक्षित गर्दै कडा