३० असार २०८३, मंगलबार | July 15, 2026

चलचित्र पर्यटन प्रवद्र्धनका लागि पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी



काठमाडौं । चलचित्रमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

आज पर्यटन बोर्डको सभाहलमा आयोजना गरिएको कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रअनुसार नेपालले आगामी वर्ष विसं ३०८३ को वैशाखमा आयोजना हुने कान्स फिल्म फेस्टिभल २०२६ मा आधिकारिक रूपमा सहभागिता जनाउने, पोखरामा अन्तरराष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गर्ने, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन गर्ने तथा चलचित्र पर्यटनसम्बन्धी प्रवद्र्धन सामग्री उत्पादन गर्ने सहमति भएको छ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले यो सहकार्यलाई लामो यात्राको सुरुवात भएको बताए। “चलचित्र छायाङ्कन भइसकेपछि ती स्थान स्वतः पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धित हुने गरेका छन्”, उनले भने, “नेपाललाई पर्यटनप्रधान देश बनाउन हामी हातेमालो गरेर अघि बढ्नेछौं ।”

त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाललाई ‘ल्याण्ड अफ मेमोरेबल स्टोरिज्’ का रूपमा स्थापित गर्ने लक्ष्यसहित चलचित्र पर्यटनलाई प्राथमिकतामा राखिएको बताए ।

“चलचित्र छायाङ्कनका लागि आवश्यक नीतिगत सुधार, अनुमति प्रक्रियाको सरलीकरण र सहजीकरण आवश्यक रहेको हामीले बुझेका छौँ, पर्यटन बोर्डले वार्षिक रूपमा ५०–६० अन्तरराष्ट्रिय फोरममा सहभागिता जनाउँदै आएको छ, यस सम्झौतापछि बोर्डले सहभागिता जनाउने प्रमुख कार्यक्रममा चलचित्र क्षेत्रसँग सहकार्य गर्न सकिन्छ”, उनले भने।

समझदारीपत्रमा चलचित्रमार्फत प्रेरित यात्रा (सेट–जेटिङ)लाई प्रोत्साहन गर्ने, अन्तरराष्ट्रिय प्रदर्शनी तथा बजारमा संयुक्त प्रवद्र्धन गर्ने, नेपाललाई श्रवयदृश्य उत्पादनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने तथा पूर्वाधार विकास र प्रवद्र्धन अभियान सञ्चालन गर्ने विषय समेटिएका छन् ।

त्यसैगरी नेपाल पत्रकार महासंघका सचिव बैकुण्ठराज पराजुलीले पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीचको यो समझदारीले नेपाललाई क्षेत्रीय तथा विश्व पर्यटन नक्सामा थप मजबुत रूपमा स्थापित गर्ने रणनीतिक कदम भएको बताए ।

विश्वव्यापी रूपमा चलचित्र पर्यटनले गति लिइरहेको सन्दर्भमा नेपालले आफ्ना प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सम्पदालाई पर्दामार्फत विश्वसामु प्रस्तुत गर्दै पर्यटन आगमन वृद्धि गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  २ : ५३ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित