२८ असार २०८३, आइतबार | July 12, 2026

कैलाली-५ मा नेकपा उम्मेदवार प्रेम आलेद्वारा २० बुँदे प्रतिबद्धता सार्वजनिक



धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम बहादुर आले मगरले २० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

नेकपाका तर्फबाट उम्मेदवार बनेका आलेले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी, सामाजिक न्याय र सुशासनलाई प्राथमिकतामा राख्दै आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका हुन् ।

आलेले लामो समयदेखि चर्चामा रहेको फाप्ला क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गरी युवालाई खेलकुद, अनुशासन र राष्ट्र निर्माणमा जोड्ने योजना अघि सारेका छन् । त्यस्तै, गेटा विमानस्थलको पूर्वाधार विस्तार गरी कम्तीमा २,५०० मिटर धावनमार्ग निर्माण गरेर ठूला जहाज अवतरणयोग्य बनाउने तथा यसलाई सुदूरपश्चिमको राष्ट्रिय–अन्तर्राष्ट्रिय हवाई केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्यतर्फ सेती प्रादेशिक अस्पताललाई व्यवस्थित बनाउँदै एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, शय्या विस्तार गर्ने तथा विशेषज्ञ सेवा उपलब्ध गराउने योजना उल्लेख गरिएको छ । सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड स्थापना र उपचार व्यवस्थालाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

अधूरा सडक तथा पुल निर्माणलाई प्राथमिकता दिँदै धनगढी–टीकापुर–भजनी–बेलौरीलगायत क्षेत्रका सडक सञ्जाल विस्तार गर्ने, नदी नियन्त्रण तथा तटबन्ध निर्माण गरी बाढी–कटान समस्या समाधान गर्ने एजेन्डा समेत उनले सार्वजनिक गरेका छन् । लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि पुनःस्थापना, सचेतना र रोजगारी कार्यक्रम सञ्चालन गर्ने तथा खुला सीमामा निगरानी कडाइ गर्ने योजना पनि प्रतिबद्धतामा समेटिएको छ ।

रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै प्राविधिक शिक्षा, सीपमूलक तालिम र स्वरोजगार प्रवर्द्धन गर्ने, साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने र स्थानीय उत्पादनलाई बजार सुनिश्चित गर्ने उनले बताएका छन् । कृषि क्षेत्रमा आधुनिक प्रविधि, सिंचाइ व्यवस्थापन र मल–बीउको सहज उपलब्धता सुनिश्चित गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।

सामाजिक न्यायतर्फ महिला सशक्तीकरण, दलित, अपांगता भएका व्यक्ति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्ने, सुरक्षित आवास कार्यक्रम लागू गर्ने तथा विपन्न परिवारलाई आधारभूत सेवा पहुँच विस्तार गर्ने प्रतिबद्धता उल्लेख छ । शिक्षा क्षेत्रमा पूर्वाधार सुधार, डिजिटल शिक्षा र प्रविधिमैत्री शिक्षण पद्धति लागू गर्ने योजना समेत उनले अघि सारेका छन् ।

सांस्कृतिक संरक्षण, वृद्धाश्रम तथा अनाथालयलाई सहयोग, र मानव तस्करी नियन्त्रणका लागि पहल गर्ने विषय पनि आलेको प्रतिबद्धतामा समावेश छन् ।

“साझा विकास, सबको साथस नयाँ सोच, नयाँ उडान” भन्ने नारासहित सार्वजनिक गरिएको प्रतिबद्धतामा आलेले कैलाली–५ लाई समुन्नत, सुरक्षित र समृद्ध क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  १२ : ५८ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै