१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने छ : प्रचण्ड



रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुथा उत्तरगंगा गाउँपालिको तकसेरा पुगेका छन् । प्रतिनिधि सभा ससदस्य निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार रहेका प्रचण्ड मतदाता भेटघाटका लागि शनिबार साँझ तकसेरा पुगेका हुन् ।

संयोजक प्रचण्डलाई तकसेरामा स्थानीयले स्वागत गरेका छन्। स्वागतमा आएका जनतालाई संक्षिप्त संबोधन गर्दै प्रचण्डले रुकुम पूर्वका जनताबाट नयाँ उर्जा प्राप्त भइरहेको बताए । रुकुमबाट समाजवादी मोडल सुरु गर्ने बताउँदै प्रचण्डले रुकुम क्रान्तिको सुरुआत गर्ने र शान्ति यात्राको निर्णय स्थान भएको बताए ।

संयोजक प्रचण्डले आफ्नो पहलमा संविधानमा विशेष तथा स्वायत्त अधिकार संस्थागत गरिएको बताउँदै संविधानको मर्मअनुसार मगर क्लस्टरहरूलाई स्वायत्त क्षेत्र घोषणा गरी ‘खाम मगर’ सभ्यताको विश्वव्यापी ब्रान्डिङ गर्ने बताए । उनले यसबाट मगर सभ्यताको संरक्षण हुनुका साथै चौतर्फी विकास पनि हुने बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ९ : ४२ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज