२१ भदौ २०८३, आइतबार | September 7, 2026

महिला एशिया कप राइजिंग स्टार्समा आज नेपाल र युएई भिड्दै, पहिलो जितको खोजीमा नेपाली टोली



काठमाडौं । महिला एशिया कप राइजिंग स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डमा जारी प्रतियोगितामा नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार बिहान ८ः१५ बजे सुरु हुनेछ ।

नेपाल यस खेलमा प्रतियोगिताको पहिलो जितको खोजीमा मैदान उत्रँदैछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग ३० रनले पराजित भएको थियो, जसले नेपाली टोलीलाई पुनरागमनको दबाब थपेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोली थाइल्याण्ड पठाएको छ । नियमित कप्तान घाइते भएपछि पुजा महतोले पहिलो पटक नेपाली सिनियर टोलीको नेतृत्व सम्हाल्ने अवसर पाएकी हुन् ।

नेपाली टोलीमा कप्तान पुजा महतोसहित बिन्दु रावल, सम्झना खड्का, रुबी पोदार, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, सिता राना मगर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, मनिषा उपाध्याय, काजल श्रेष्ठ र सीमा केसी रहेका छन् ।

प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो अर्को खेल फेब्रुअरी १७ मा भारत ‘ए’सँग खेल्ने तालिका रहेको छ । लगातार बलिया टोलीसँग प्रतिस्पर्धा गरिरहेको नेपालका लागि आजको खेल टोलीको मनोबल उकास्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ८ : ०९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त