१ असार २०८३, सोमबार | June 15, 2026

गोकर्णलाई अग्लुङ्गका मतदाता भन्छन् : ‘सडक र मन दुवै जोड्न चाहान्छौ’



गुल्मी । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोकर्ण बिष्ट चुनावी घरदैलो अभियानमा मत मात्र मागिरहेका छैनन्, स्थानीयका अधुरा समस्या र विकासका अपेक्षाबारे प्रत्यक्ष संवादमा पनि जुटेका छन् ।

मदाने गाउँपालिका-१ अग्लुङको ओख्ले पुग्दा स्थानीयले बिष्टलाई सडकको समस्या देखाउँदै गाउँ र वडा कार्यालयसम्म सहज पहुँचको माग राखे । लामो समयदेखि भिर काट्ने काम बजेट अभावका कारण रोकिँदा ओख्ले क्षेत्रका बासिन्दा प्रत्यक्ष सडक सञ्जालबाट जोडिन सकेका छैनन् । बाटोमै कुरेर बसेका स्थानीयले आफ्ना समस्या खुलेर राखेपछि बिष्टले अग्लुङ क्षेत्रका मुख्य सडक स्तरोन्नति प्राथमिकतामा रहेकाले अब सहायक सडक विस्तारमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए ।

बिष्टले आफू निर्वाचित भएको कार्यकाल बाँकी रहँदै राजनीतिक अस्थिरता र स्वार्थ समूहका कारण पुनः निर्वाचनको अवस्था सिर्जना हुँदा कतिपय योजना अधुरा रहेको बताए । उनले विगतमा सडकको दयनीय अवस्था, विद्युत अभाव र आधारभूत पूर्वाधार कमजोर रहे पनि पछिल्लो समय उल्लेखनीय सुधार भएको दाबी गरे । यद्यपि, सीमित स्रोत–साधन र राष्ट्रिय परिस्थितिका कारण जनताका सबै अपेक्षा तत्काल पूरा गर्न चुनौती रहेको उनको भनाइ थियो ।

अहिले बिष्ट मुसिकोट र मालिका क्षेत्रको घरदैलो अभियान सम्पन्न गरेर मदाने गाउँपालिकामा मतदाता भेटघाटमा व्यस्त छन् । अभियानका क्रममा उनी युवा, महिला, ज्येष्ठ नागरिक र किसानसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका अपेक्षा, गुनासा र सुझाव सुन्ने काम गरिरहेका छन् । उनले विगतका उपलब्धि र आगामी योजनाबारे मतदातालाई जानकारी गराउँदै विश्वास कायम गर्ने प्रयास गरिरहेका छन् ।

प्रतिपक्षले निरन्तर एउटै व्यक्ति उम्मेदवार बन्ने विषय उठाए पनि बिष्टले यसलाई जनताको माया र विश्वासको रूपमा व्याख्या गर्दै आगामी विकासका स्पष्ट योजना प्रस्तुत गरिरहेका छन् । उनका अनुसार मतदाताले अझै पनि स्तरीय सडक, खानेपानी, शिक्षा र स्वास्थ्य सेवा विस्तारलाई प्राथमिक मागका रूपमा राख्ने गरेका छन् ।

बिष्टले विगतमा टुकीको भरमा बैठक गर्नुपर्ने अवस्थाबाट अहिले विद्युत, सडक, पुल, शिक्षा, स्वास्थ्य र खानेपानीमा उल्लेखनीय सुधार भएको स्मरण गरे । उनले यी परिवर्तन सम्भव हुनुमा जनताको आवश्यकता र दबाब नै मुख्य प्रेरणा भएको बताए । आगामी दिनमा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारसँगै कृषि र पशुपालनमार्फत आर्थिक समृद्धिको आधार तयार गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको उनको भनाइ छ ।

वि.सं. २०५६ सालदेखि निरन्तर निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका बिष्ट २०६४ सालबाहेक सबै निर्वाचनमा विजयी हुँदै आएका छन् । सांसद र मन्त्रीका रूपमा रहँदा उनले श्रम, रोजगार, ऊर्जा र पूर्वाधार विकासका क्षेत्रमा काम गरेको उल्लेख गर्दै बाँकी अधुरा योजना पूरा गर्न र समग्र आर्थिक-सामाजिक विकासलाई गति दिन पुनः जनताको मत आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ८ : २१ बजे

छ वटा सम्पदा परे अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरणमा

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ देखि संयुक्त राष्ट्रसङ्घीय

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव – मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्ना मन्त्रीहरूको बोलीमा

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

रुपन्देही । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट

कर्मचारीको तलब र प्रोत्साहन भत्ता १० प्रतिशत वृद्धि गर्दै मधेसको ४१ अर्बको बजेट

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी कार्यालयबाट सेवा प्रवाहमा ढिलासुस्ती