१८ चैत्र २०८२, बुधबार | April 1, 2026

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी



मुस्ताङ । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ केजी फोहरमैला जिल्ला बाहिर निकासी गरिएको छ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा सङ्कलित फोहरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जिल्ला बाहिर पठाएको हो ।

धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङलाई स्वच्छ, सफा र वातावरणमैत्री तुल्याउने उद्देश्यले एक्यापले गत आर्थिक वर्षदेखि यहाँका समुदायले सङ्कलन गरेको फोहरमैलालाई ट्रकमार्फत ढुवानी गरी पोखरा पठाउन थालेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले जानकारी दिए ।

एक्यापले मुस्ताङको तल्लो क्षेत्रमा समुदायले सङ्कलन गरेको नकुहिने प्लास्टिकजन्य फोहरमैला उठाएर पुनः प्रयोगका लागि पोखरास्थित ग्रीन वेस्ट मेनेजमेन्ट प्रालिमा निकासी गरेको कार्यालय प्रमुख गुप्ताले उल्लेख गरे। चालु वर्षको पुससम्म यहाँ सङ्कलित फोहर चारपटक ट्रकमा ढुवानी गरी पोखरा पठाइएको प्रमुख गुप्ताको भनाइ छ ।

मुस्ताङमा पर्यटन व्यवसायी तथा स्थानीय समुदायस्तरबाट सङ्कलन भएको नकुहिने फोहरलाई एक्याप जोमसोमले ट्रकको ढुवानी गरिएको भाडा आफ्नै आर्थिक खर्च व्यवस्थापन गरी पोखरास्थित प्रशोधन केन्द्रमा पठाउने गरेको प्रमुख गुप्ताले जानकारी दिए ।

यस वर्ष पहिलो चरणमा गत भदौ ११ गते १७६ बोरा अर्थात् ५४४ केजी, दोस्रो चरणमा कात्तिक १९ गते १५४ बोरा अर्थात् ८६० केजी, तेस्रो चरणमा मङ्सिर ७ गते २४२ बोरा अर्थात् १५३ केजी र चौथो चरणमा पुस ९ गते १७२ बोरा अर्थात् एक हजार ३५१ केजी फोहर पोखरामा निकासी गरिएको हो ।

यसैगरी गतवर्ष एक्याप जोमसोमले यहाँको तीन पालिकामा पर्यटन व्यवसायी तथा समुदायले सङ्कलन गरेको दश हजार १९० केजी फोहर ट्रकमा ढुवानी गरी पोखरास्थित ग्रीन वेस्ट मेनेजमेन्ट प्रशोधन केन्द्रमा पठाएको थियो ।

यसअघि मुस्ताङमा सङ्कलन हुने नकुहिने प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि एक्याप र ग्रीन वेस्ट मेनेजमेन्ट प्रालिबीच फोहर व्यवस्थापन गर्नेसम्बन्धी सहमति गरेको थियो । एक्याप प्रमुख गुप्ताका अनुसार मुस्ताङमा सङ्कलन हुने फोहरलाई सम्बन्धित स्थानमा पुर्याउन ढुवानीको साधन व्यवस्थापन गर्नमा समस्या परिरहेको बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको स्वामित्वमा रहेको मुस्ताङमा यहाँको वातावरणलाई चुस्त राख्ने उद्देश्यले फोहरमैला व्यवस्थापन गर्नका लागि चालु आवमा यहाँका तीन पालिकाले रु पाँच–पाँच लाख बजेट विनियोजन गरिएको प्रमुख गुप्ताले बताए ।

एक्यापले दिएको फोहरमैला व्यवस्थापन शीर्षकको बजेटमा रहेर यहाँको घरपझोङ गाउँपालिकाले ट्याम्पो खरिद गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले सङ्कलित फोहरलाई थिच्ने कम्प्रेसर मेसिन खरिद गरेको छ भने थासाङ गाउँपालिकाले फोहरमैला शीर्षकमा छलफलको चरणमा रहेको एक्यापले जनाएको छ ।

त्यसैगरी, जिल्लामा पर्यटक तथा स्थानीय नागरिकबाट हुने फोहरमैलाको समुचित व्यवस्थापनका लागि यहाँका तीन पालिकामा एक्याप फोहर सङ्कलन केन्द्र पूर्वाधार निर्माण गरेको जनाएको छ । एक्यापले यहाँको थासाङ–४ घाँसा, थासाङ–३ लेते र धम्पु, थासाङ–२ कोवाङ, थासाङ–१ टुकुचे, घरपझोङ–३ स्याङ, घरपझाङ–१ छैरो, वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी र वारागुङ मुक्तिक्षेत्र–४ मुक्तिनाथमा फोहरमैला सङ्कलन केन्द्र पूर्वाधार निर्माण गरेको जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ९ : ३७ बजे

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”

लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीमा नयाँ नेतृत्व चयन

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब