५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

रासस ६५ औं स्थापना दिवश : निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड



बुटवल । राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा आसन्न प्रतिनिधिसभा निर्वाचन लाई केन्द्रीत गरि निर्वाचन आचारसंहिता र सञ्चार बिषयक अन्तरक्रिया कार्यक्रम आज बुटवलमा सम्पन्न भयो ।

रासस लुम्बिनी प्रदेश कार्यालय बुटवलद्धारा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताले आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन र निर्वाचन लाई स्वच्छ, निष्पक्ष बनाउन सुरक्षा, सञ्चारमाध्यमको भूमिका र आचासंहिता प्रभावकारी कार्यान्वयनमा जोड दिए । लगायतका बिषयमा कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा निर्वाचन रुपन्देही निर्वाचन क्षेत्र न. २, का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले निर्वाचन आचारसंहिता र सञ्चार बिषयमा कार्यपत्र प्रस्तुत गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने सबैको जिम्मेवारी र कर्तव्य रहेको बताए । उनले राजनीतिक दल र उम्मेदवारबीच समान प्रतिस्पर्धाको वातावरण सिर्जना गराउन आचारसंहिताको पुर्ण कार्यान्वयन जरुरी रहेको समेत बताए

उनले निर्वाचन आयोग ऐन २०७३ अनुसार निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणका लागि आचारसंहिता बनाइएको बताए । उनले निर्वाचन राजनितिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि, अन्य सम्बन्धित व्यक्ति, दलाका भातृ संगठन, मतदाता प्रतिनिधि र मतगणना प्रतिनिधिका लागि आचारसंहिता बनेको स्पष्ट पारे ।

आचारसंहितामा कसैले पनि कसैको घरजग्गा धनीको स्वीकृती बिना प्रयोग गरि राजनितिक गतिबिधी गर्न नहुने, कसैको चरित्र हत्या गरि प्रचारप्रसार गर्न नहुने, प्रचार प्रसारमा बालबालिकाको प्रयोग गर्न नहुने, निर्वाचन अघि मत सर्वेक्षण गर्न नहुने, सार्वजनिक आवागमनमा अवरोध गर्न नहुने, निर्वाचनको निष्पक्षतामा प्रतिकुल प्रभाव पार्न नपाइने र सामाजिक सञ्जाल मार्फत भ्रामक सूचना प्रकाशन गर्न नहुने जस्ता बिषय सबैले पालना गर्नुपर्ने बताए ।

उनले लोकतन्त्र लाई सुदृढ र बिश्वसनिय बनाउन मद्दत हुने, आचारसंहिताको सहि ढंगले कार्यान्वयनबाट निर्वाचन परिणाम प्रति जनविश्वास बढाउने बताए । यस्तै यसले मतदाताको अधिकारको संरक्षण हुने, सुशासन र उत्तरदायीत्वको भावना विकास हुने र राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम राख्न मद्दत पुग्ने भएकाले आचारसंहिता कार्यान्वयनमा सबैले जोड दिनुपर्ने बताए ।

यस्तै निर्वाचन अधिकृत न्यौपानेले टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाइन सञ्चारमाध्यमको प्रयोग गरि प्रचारप्रसार गर्दा आचारसंहिताले तोकेको मापदण्ड पुर्णरुपले पालना गर्नुपर्ने बताए ।

उनले जाचबुझ वा अनुगमनका क्रममा कसैबाट आचारसंहिताको उल्लघंन गरेको कारणबाट निर्वाचन, स्वतन्त्र, स्वच्छ र धाँदलिरहित तवरबाट हुन नसक्ने कुरामा आयोग बिश्वस्त भएमा त्यसको स्पष्ट कारण र आधार खोली आयोगले उम्मेदवारी समेत रद्द सम्म गर्न सक्ने कानूनी व्यवस्था रहेको जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार प्रसारका लागि उम्मेदवारले अनिवार्य बैंक खाता खोल्नुपर्ने व्यवस्था रहेको भएपनि रुपन्देहीका केहि उम्मेदवारले अझैपनि बैक खाता खोलेको विवरण आयोगमा नबुझाएको बताए ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका पुर्व अध्यक्ष बालकृष्ण चापागाईले रासस राज्यको लगानीमा सञ्चालित सञ्चार माध्यम भएपनि यसको निष्पक्षता र बिश्वसनियताका कारण यसको महत्व बढदै गएको बताए । उनले राज्य सङ्कटमा परेको अवस्थामा राससको सूचना र सेवा थप जिम्मेवार र प्रभावकारी हुने भएकाले यसको विकासमा राज्यले थप जोड दिनुपर्ने बताए ।

नेपाल पत्रकार महासंङ्घका केन्द्रीय सदस्य रामराज पोखरेलले सामाजिक सञ्जालका सूचनामा भर परेर धारण बनाउने प्रबृतिका कारण मुलधारका सञ्चार माध्यममा नागरिकले भर गर्न छाडेको बताए । उनले निर्वाचनका बेला आचारसंहिता बिपरित भ्रमपुर्ण सूचना दिने कारणले आम मतदाता भ्रममा पर्ने गरेको बताए ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले आचारसंहिता पालना गराइ निर्वाचन लाई स्वच्छ, मर्यादित र निष्पक्ष बनाउने जिम्मेवारीबाट सञ्चारकर्मी पन्छिन नहुने बताउदै आचारसंहिता कार्यान्वयन गराउने कुरामा प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय समाचार समिति(रासस) लुम्बिनी प्रदेश कार्यालय प्रमुख भरत केसीले कार्यक्रम बारे जानकारी दिदै राससलेले पनि निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घको आचारसंहिताको अनुशरण गरेर संस्थाले आफ्ना पत्रकार तथा कर्मचारीका लागि अलग्गै आचारसंहिता बनाएर कार्यान्वयन गरेको जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी भएका लुम्बिनी बौद्ध बिश्वबिद्यालय बिएएलएलबी सातौ सेमेष्टरमा अध्ययनरत बिद्यार्थी प्रमिशा घिंमिरेले निर्वाचन आयोगले आचारसंहिता बनाउने तर कार्यान्वय प्रभावकारी नदेखिएको जिज्ञासा राखे ।

यस्तै अर्का बिद्यार्थी नमिता गैरेले मिडियामा आउने भ्रामक समाचार नियमन गर्ने निकाय नहुदा आचारसंहिता कार्यान्वयन फितलो देखिएको बताए । बुटवलस्थित कालिका–मानव ज्ञान माध्यमिक बिद्यालय कक्षा ११ कानून बिषय अध्ययनरत सदिक्षा थापाले निर्वाचनका समयमा स्थानिय पालिकाका जनप्रतिनिधि आफ्ना पार्टीका उम्मेदवारको प्रचार प्रसारमा लाग्ने तर कार्यालयमा जनताका काम प्रभावित हुने गरेको आचारसंहिताले समेटनु पर्ने हैन र ? भनि जिज्ञाशा राखे ।

यस्तै सोही विद्यालयका कक्षा ११ का कानून बिषयका बिद्यार्थी निश्चल भट्टराइले सामाजिक सजालबाट आउने भ्रामक सूचना नियन्त्रण गर्ने निकायका बिषयमा जानकारी राखेका थिए । कार्यक्रम राससकर्मी छाया पन्तको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ६ : ४१ बजे

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार

विश्वदीप निरन्तर घरदैलोमा, मतदातामा उत्साह

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले

११ औं संस्करणको साई ग्लोबल कप सुरु, रुपन्देही क्याम्पस र साई ग्लोबलको विजयी सुरुवात

भैरहवा । मंगलबारदेखि भैरहवामा ११औं संस्करणको जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल

रासस ६५ औं स्थापना दिवश : निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

बुटवल । राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा